इनारमा खसेकी महिलाको जिवितै उद्धार

0

इनारमा खसेकी महिलाको जिवितै उद्धार


भक्तपुर । मध्यपुर ठिमी नगरपालिका पुरानो ठिमीको सुप्रिम स्कुल नजिक मिलन प्रजापतिको घर कम्पाउण्डमा रहेको ईनारमा दोलखा गौरीशंकर गा.पा.–३ घर भई हाल ठिमीकै दुईपोखरी बस्ने बर्ष ३२ की गीतादेबी बस्नेत खसको प्रहरीले जनाएको छ । भक्तपुर प्रहरी परिसरका अनुसार उक्त महिला सोही घरमा माटोको गमला बनाउने  काम गर्ने गर्थिन् । दुर्घटना पछि उनलाई नाईलनको डोरीको सहायताले ईनारबाट सकुसल उद्धार गरिएको परिसरका एसपी प्रजित केसीले जानकारी दिए ।

उनलाई हाल उपचारको लागि मध्येपुर अस्पताल पठाइएको छ । हाल उनी हल्का बोल्न सक्ने, दाहिने हातको कान्छी औंला छिनेको, दुबै गालामा धस्रेको, निधारमा काटेको चोट लागेको अवस्थामा रहेको जनाइएको छ । घटना साँंझ पाँंच बजेको समयमा भएको थियो । जानकारी प्राप्त हुनासाथ परिसरबाट प्र.ना.उ.रबिन श्रेष्ठ समेत १५ जनाको प्रहरी टोली खटिई गई निज महिलालाई उद्धार गरिएको थियो । घटनास्थल ठिमी प्रहरी वृतबाट १. कि.मी पुर्ब उत्तरमा पर्दछ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top