२००० को नोटको मुद्रण रोक्ने भारतको घोषणा

0

२००० को नोटको मुद्रण रोक्ने भारतको घोषणा


काठमाडौं, एजेन्सी । भारतमा २००० रूपैयाँको नोट नचल्ने भएको छ । भारतीय रिजर्भ बैंकले २ हजारका नोट बन्द गर्ने निर्णय गर्दै अब २ हजारको नोट नछाप्ने घोषणा गरेको हो । यद्यपी आगामी सेप्टेम्बेर ३० सम्म भने २ हजारको नोटको आधिकारिकता कायम हुने बैंकले एक सूचना मार्फत जानकारी गराएको छ । बैंकको आधिकारिक ट्वीटर ह्याण्डलमा २ हजारको नोट नचलाउने उल्लेख गरेको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले सन् २०१६ मा १ हजार र ५ सयका नोटमा प्रतिबन्ध लगाएपछि २ हजार दरको नोट प्रचलनमा ल्याइएको थियो । त्यसकोे ७ वर्षमै २ हजारको नोटलाई बन्द गर्न लागिएको हो ।

बैंकले आम सर्वसाधारणलाई सेप्टेम्बर ३० सम्ममा आफूसँग भएको २ हजारको नोट आफ्नो बैंक खातामा जम्मा गर्न वा सतही गर्न आग्रह गरेको छ । 


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top