नेकपा माओवादीले पूर्वलडाकुको नाममा देश लुट्यो ः शंकर पोखरेल

0
नेकपा माओवादीले पूर्वलडाकुको नाममा देश लुट्यो ः शंकर पोखरेल


काठमाडौं – नेपाल कम्यूनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा माओवादीले पूर्वलडाकुको नाममा राज्यमाथि लुट मच्चाएको आरोप लगाएका छन् । उनले 

बिहीबार संघीय संसद प्रतिनिधिसभाको बैठकमा माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लडाकु शिविरमा कुनै भ्रष्टाचार नभएको र भ्रष्टाचार ठहर भय जेल जान तयार रहेको अभिव्यक्ति दिएपछि  पोखरेलले खुलेआम भएको लुट र डकैतीलाई भ्रष्टाचार नमानेको हो ? भनेर सोधेका छन् ।

‘लुकेर गरेको भए पो भ्रष्टाचार र अनियमितता हुन्थ्यो । त्यो राज्य माथिको खुलेआम लुट थियो । डकैती थियो ।’ पोखरेलले सामाजिक सञ्जालमा लखेका छन् । लडाकुका नाममा राज्यले उपलब्ध गराएको सहयोग उनीहरुका कमाण्डरले लुटेको महासचिव पोखरेलले सामाजिक संञ्जाल फेसबुकमा लेखेका छन् । वास्तविक ७–८ हजारको संख्यामा रहेका लडाकुलाई ३२–३३ हजार पु¥याएको कुरा प्रचण्ड आफैँले बोलेको अडियो सामाजिक सञ्जालमा सुरक्षित रहेको पोखरेलेको भनाइ छ ।

हेर्नुस् उनको स्टाटस्




Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top