फरक प्रसँग फरक बिचार !
- मीरा राजभण्डारी अमात्य
पहिला थर्द डिभिजन आउने पनि इन्जिनियरिङ्ग पढ्न पाउंथे ! एउटा स्कूलमा एक जना मात्र प्रथम हुन्थे एस एल्सीमा ! तर अहिलले त्यो अवस्था छैन ! गुणस्तरको कुरा सिधै पैसासँग जोडी छ अझ जातिय कुरासँग पनि !
यो सत्य हो कसरी अब आफै रिसर्च गर्नुस् ! पहिला विद्यार्थीलाई हुने बिरुवाको चिल्लो पात भन्थे अहिले हरेक बच्चा जिनियस हुन्छ जन्मले तर उ हुर्कने बातावरणले उसको गुणस्तर निर्धारण गर्छ भनेर थर्द जेनेरेशनले भन्छ ! कुरा मात्र के हो भने सरकारी भौतिक साधनलाई लापर्वाही गर्ने अनि गुणस्तर भन्दा सो अफ मात्रा बढी गर्ने र नागरिकको पैसा अकुत थुत्ने काम निजीस्तरका स्कूल कालेजले गरिआएको हुँदा हामीले आलोचना गर्नु परेको हो नि दाई !
लम्जुङको एक दुर्गम् गाउँको सरकारी स्कूलमा मसँग लिएको खाजा खर्च र महाबिर पुन दाईको भौतिक सहयोग लिएर ति नानीहरुलाई स्कूलमा इन्टर्नेट र कम्प्युटरको ब्यबस्था गरी दिने मेरो छोरा लगायत उनका साथी युबा जमातको निष्कर्श छ हरेक बच्चा जिनियस नै जन्मिन्छन यदि उनीहरुलाई आवश्यक भौतिक पुर्वाधार र उत्प्रेरणा दिने हो भने, अमेरिकाको बच्चाहरुले पाइरहेको जस्तै शिक्षा विज्ञानमा जस्तो पहुंच छ त्यस्तै अहिले लम्जुङका ति नानीहरुको छ !
मलाई इन्जिनियरिङ्ग पढ्न मन लागेको थियो पुल्चोक क्याम्पसले स्कुलमा साइन्स नलिएको भनेर दिएन ! त्यसको सट्टा जोग्राफी लिएर चित्त बुझाय ! थप एक अनिवार्य भाषा लिन पर्थ्यो अङ्ग्रेजी लिन क्लास गयें अहिलेको पद्मकन्या कलेजका अङ्ग्रेजी बिभागका बिभाग प्रमुख प्रमिला राईले क्लासमा थुप्रै विद्यार्थी देखेर आत्तिनु भो र तिमीहरुले यस्तो गार्हो बिषय लिनु भन्दा त अरु भाषा लिए सजिलै पास् हुन्छ फेल भयो भने तिम्रो आमा बाउले केटो खोजेर बिहे गरी दिन्छ भन्दै क्लास छोड भन्नु भो ।
भर्खर एसएल्सी पास् गरेको जीवनमा के पो बनम ला भन्ने ठुलो सपना बुन्ने हामीलाई कल्लाई बिहे गरेर अरुका नोकर बन्नु थियो र ? सो बिहे गर्नु भन्दा अङ्ग्रेजी क्लास छोड्नु बेस भन्ने धेरैलाई लाग्यो ।
म त त्यो बेला उत्तम ल्याङ्वेज (हालको युनिभर्सल ल्याङ्वेज) बाट अङ्ग्रेजी मा १८ महिनाको डिप्लोमा कोर्स गर्दै थिए, क्लासमा दोस्रो र्यान्कमा आउंदै थिएं मलाई त डर थिएन, तर एउटी साथीले “हे छोड्, फेरी हामीलाई बिहे गरी दिए साथी पनि कताकता” भनेर प्रभोक गरी रहिन् र बिहे गरी दिने डर र साथी छुट्ने डरले अङ्ग्रेजी क्लास छोडियो । मन नलागी नलागी ! छुट्ने कुराहरु आखिर जसरी पनि छुट्छ नि !
अहिले तिनका अनुहार सम्झिदा पनि कन्सिरी तातेर पो आउंछ त कैले कैले ! सो मुख्य कुरा बिगतमा भन्दा बर्तमानमा हरेक विद्यार्थी जिनियस हुन्छ भन्ने विश्वाश दिने काम त गर्छ । शिक्षक र अभिभावकले पनि तर लगानीको हिसाबले अभिभावकलाई कठिन् छ भने राज्यको श्रोत साधनको सदुपयोग अभिभावक विहिन हुँदा पद्मकन्या क्याम्पस, त्रिचन्द्र कलेज्, रत्न राज्य क्याम्पस, ल क्याम्पस, शंकर देव क्याम्पस, पब्लिक युथ, सरस्वती क्याम्पसहरुको भौतिक अवस्था र विद्यार्थीको संख्या रुग्न हुन पुगेको छ !
एक पटक त्रिचन्द्र क्याम्पसको साइन्स डिपार्टमेन्ट तिर छिर्नुस् त भर्याङ् देखि भग्नावशेस् जस्तो महसुस हुन्छ, डर लाग्दो !
अचम्मको कुरा त्यहींबाट पास आउट हुनेहरु कति डाक्टर बने, कति इन्जिनियर बने, कति बैज्ञानिक बने, कति प्रोफेशर बने, नेता बने, मन्त्री बने होलान ! खोइ त कैले फर्केर आफ्ना शिक्षालय तिर हेरे ? कैले आफ्नो क्याम्पसको बिकासका लागि आवश्यक नीति बनाउन तिर योगदान दिए ? जबकि कति त शिक्षा मन्त्री बने होलान ! एमाले कांग्रेस निकटकालाई शिक्षा आयोगबाट पास् गराउन कै लागि मन्त्री बन्नेहरु पनि त थिए होलान् ! अब कोको आँफै खोजी गर्नुस् नाम म कितानी गर्दिन है ?
कुराको अर्थ अनर्थ तिर लान खोजेको पक्कै होइन ! धेरै कुरा यसरी पनि बुझ्न सके अहिलेको शिक्षा प्रणालीको फाईदा बेफाईदा को गुना भाग र जोड निकाल्न सकिन्छ है लागेको कुरा !
फरक प्रसँग फरक बिचार आजलाई यति मात्र !