नेपाली राजनीतिमा शुद्धिकरण आवश्यक : डा. महेशमान श्रेष्ठ

0

नेपाली राजनीतिमा शुद्धिकरण आवश्यक : डा. महेशमान श्रेष्ठ

 

केके मानन्धर ।

काठमाडौं । नागरिक अगुवा डा. महेश मान श्रेष्ठले नेपाली राजनीतिमा शुद्धिकरण आवश्यक रहेको बताएका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले पछिल्लो समय चर्चामा रहेको भुटानी शरणार्थी प्रकरणले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमै बेइज्जत गराएको समेत बताए ।
‘बिबिसी, सीएनएन, अलजजिरा, फोक्स न्यूजहरुमा पछिल्लो समय नेपालमा व्याप्त रहेको भ्रष्टाचार सम्बन्धिको समाचार प्रशारण भइरहेका छन् । यसले गर्दा नेपालको छवि अन्तर्राष्ट्रिय स्तरमा बिग्रेको छ ।’ डा. श्रेष्ठको भनाइ छ । उहाँले भ्रष्ट नेताहरुको ठाउँमा इमान्दार, सक्षम र देशलाई सच्चा तबरले प्रेम गर्ने नेताहरु आवश्यकता रहेको समेत बताए ।
नागरिक अगुवा श्रेष्ठले देशभित्रको बहुल पहिचानलाई समेत स्वीकार गरेर अघि बढ्नुपर्नेमा जोड दिए । हुनपनि ०७२ सालमा जारी भएको नेपालको संविधानले समेत बहुल पहिचानको नीति स्वीकार गरेको छ । सोही आधारले देशलाई विभिन्न भाषा समुदायको पहिचान झल्कने नीतिको आधारले अगाडि बढाए मात्र समतामूलक समाजको निर्माण हुने डा. श्रेष्ठले बताए ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले पछिल्लो समय नगरभित्र रैथानेहरुको भाषा, संस्कृति, संस्कारमा विलचन आएकोप्रति चिन्ता व्यक्त गर्दै सबै तह र तप्का मिलेर संरक्षण गर्नुपर्नेमा जोड दिए । विशेषगरी नेवार समुदायले राजनीति र प्रशासनिक क्षेत्रमा चासो नदिएको भएर पछाडि परेको उहाँको भनाइ छ । त्यसैले लोकसेवा, नेपाली प्रशासन तथा राजनीति सम्बन्धिको आवश्यकता महसुस गराएर हाम्रा सन्ततीलाई विदेश जानबाट रोक्नुपर्ने मानन्धरले बताए ।
नेवाः ग्वहालि पुचः काठमाडौं महानगर १७ वडा कमिटीले वैशाख ६ गतेदेखि आयोजना गरेको बीसदिने क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रममा सञ्चारकर्मी केके मानन्धरले सहजिकरण गरेका हुन् । समाजसेवी नमस्ते साय्मि, विभूति मानन्धर तथा उर्मिला मगियाले संयोजन गरेको कार्यक्रममा १५ जना प्रशिक्षार्थीहरुले सिलसिला मिलाएर बोल्ने, उद्घोषण, नेतृत्व विकास, संस्थागत संरचना तथा लक्ष्य निर्धारण सम्बन्धिको तालिम लिएका छन् । ठमेलको जुद्धोदय उच्च माविको हलमा सम्पन्न भएको कार्यक्रममा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । ग्वहालि पुचःले यसअघि भक्तपुरको थिमि, कीर्तिपुर, टोखा, मनमैजु, काठमाडौंका विभिन्न टोलहरुमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा आदिवासी नेवाः राजनीतिक अभियान काठमाडौं महानगरका संयोजक बाबुराजा प्रजापति, नागरिक अगुवा, जनप्रतिनिधि, विद्यालय प्रशासनका अध्यक्ष, प्राचार्य, शिक्षक, पत्रकारहरुको सहभागिता थियो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top