भ्रष्टाचारविरुद्ध उत्कृष्ट गीत लेख्नेलाई एक लाख पुरस्कार

0

भ्रष्टाचारविरुद्ध उत्कृष्ट गीत लेख्नेलाई एक लाख पुरस्कार


काठमाडौं । एक लाख पुरस्कार राशी भएकोे “भ्रष्टाचार विरुद्धको गीत प्रतियोगिता” हुने भएको छ । गीतमा उत्कृष्ट शब्द प्रयोग गरिएकोलाई यो प्रतियोगितामा पुरस्कृत गरिने र प्रतियोगिताको समय आगामी २०८० भदौ १५ गतेसम्म तोकिएको नेपाल शाखाका अध्यक्ष एवं प्रतियोगिताका संयोजक राधेश्याम लेकालीले प्रेसित गरेको पत्रमा उल्लेख छ । अमेरिकामा बसोबास गर्दै आएका समाजसेवीद्वय हेम पाठक र सरिता पाठकले सो रकमको व्यवस्था गरेको जनाएको छ । यसअघि पनि स।ो फाउण्डेशनले एक लाख रकमकै पुरस्कार राशीको “भ्रष्टाचार विरुद्धको कविता प्रतियोगिता” घोषणा गरिसकेको छ ।

फाउन्डेसनले पत्रकारिताका अलावा सङ्गीत र साहित्यमा पुरस्कारहरु प्रदान गर्दै आएको छ । यस्तै नेपालमा स्कुल संचालन, विपन्नबर्गको लागि घर निर्माण र आयमुलक कार्यक्रमको लागि रकम अनुदान तथा अमेरिकामा गरीब नेपाली विद्यार्थीलाई छात्रवृत्तिसमेत उपलब्ध गराउँदै आएको छ ।

फाउन्डेसनले जनाएअनुसार गीतको विषय सन्दर्भ  भ्रष्टाचार विरूद्ध चेतना जगाउने खालको हुनुपर्नेछ । यस प्रतियोगितामा भाग लिन गीत पठाउने नियम यस प्रकार रहने जनाएको छ –

१. आफ्नो गीत इमेलमार्फत पठाउनुपर्नेछ ।

२. गीत रेकर्ड गरेको हुनुपर्ने ।

३. कुनै पनि राजनैतिक पूर्वाग्रह र गालीगलौज, साम्प्रदायिक भावनालाई प्रोत्साहित गर्ने विचारहरू र  अश्लील शब्दको प्रयोग गरिएको पाइएमा त्यस्ता गीतहरू स्वतः अस्वीकृत हुनेछन् ।

४. एकजना गीतकारले एउटा मात्र गीत पठाउन सक्नेछन । एकभन्दा बढी आएमा स्वतः  बदर हुनेछन् ।

५. गीत नितान्त नयाँ र मौलिक हुनुपर्नेछ । गीतकारले आफ्नो रचनाका साथमा आफ्नो छोटो परिचय, पासपोर्ट साइजको फोटो र सम्पर्क ठेगाना पनि पठाउनुपर्नेछ ।

६. प्रतियोगिताका लागि प्राप्त गीतमा अरू कसैको गीतको अंश या नक्कल गरिएको पाइएमा स्वतः अस्वीकृत हुनेछ ।

७. प्रतियोगिताको निर्णयमा कुनै पनि विवाद आएमा अन्तिम निर्णय संयोजकको रहने छ ।

८. गीत प्राप्त हुनुपर्ने अन्तिम मिति २०८० भदौ १५ गतेतोकिएको छ ।

९. पुरस्कार ः नगद एक लाख रकम (प्रमाणपत्रसहित) हुनेछ ।

१०. यो प्रतियोगिता उत्कृष्ट शब्दको लागि मात्र हुने स्पष्ट गरिन्छ ।

उल्लिखित १० नियमलाई पालना गरी भ्रष्टाचारविरुद्धको गीत हेम सरिता फाउन्डेशनको कार्यालयको इमेल ठेगाना जझकबचष्तबउबतजबप२नmबष्.िअयm मा पठाउन सकिने यस प्रतियोगीताको आयोजक हेम सरिता पाठक फाउन्डेसन नेपाल शाखाका अध्यक्ष राधेश्याम लेकालीले जानकारी दिएका छन् ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top