रातो मछिन्द्रनाथको फूल प्रसाद किर्तीपुर पुगेर याकमिसालाई दिइने

0

रातो मछिन्द्रनाथको फूल प्रसाद किर्तीपुर पुगेर याकमिसालाई दिइने


काठमाडौं । रातो मच्छिन्द्रनाथ (बुंगद्यः करुणामय)को रथ आउँदो जेष्ठ ८ गते लगनखेलको थतिटोलबाट जावलाखेलमा तान्ने साइत जुरेको छ । रथ तान्ने चार दिन अघि अर्थात जेष्ठ ५ गते किर्तीपुरको प्यंगःथामा पुगेर  मछिन्द्रनाथका जलपानेगुबाट याकःमिसालाई फूल प्रसाद दिने गरिन्छ ।

ललितपुरका ज्योतिषीहरुको समूहले मंगलबजार स्थित भिमसेन मन्दिर अगाडिको सोह्रखुट्टे पार्टीमा बसेर साइत हेरेका थिए । सोही क्रममा ८ गते मछिन्द्रनाथको रथालाई लगनखेलबाट जावलाखेल तर्फ रथयात्रा गराउने साइत जुरेको हो ।

वर्षा र सहकालको देवता भनेर चिनिने रातोमछिन्द्रनाथको रथलाई ललितपुर नगरको बिभिन टोलमा घुमाएर जावलाखेल पुर्याए पछि त्यको ४ दिन पछि भोटोजात्रा गर्दै समापन गर्ने प्रचलन छ । त्यसपछि रातो मछिन्द्रनाथको देवतालाई खतमा राखेर बुंङमती लगिन्छ ।

विद्या, धन सम्पत्ति, शान्ति समृद्धिका जे पनि माग्न सकिने तर रुप र स्वास्थ्यको कामना गर्न नहुने देवताको रुपमा रातो मछिन्द्रनाथलाई लिइन्छ ।

रातो मछिन्द्रनाथ (बुंगद्यः करुणामय)को रथयात्रा नेपालमा मनाइने पवए मध्ये सबैभन्दा लामो समय चल्ने जात्रा मध्ये एक हो । मछिन्द्रनाथको रथजात्रा बैशाख शुक्ल पारुदेखि असार शुक्ल चतुर्थी अर्थात सिथिनखः का दिन सम्म चल्ने गर्दछ ।

रातो मछिन्दनाथको रथयात्रा भोटो देखाउने जात्रासँगै समाप्त हुने गर्दछ । ललितपुरको पुल्चोकमा रथारोहण गरि शुरु हुने जात्रा ललितपुरको नःटोल, गाबहाल, मंगलबजार, सुन्धारा, लगनखेल, थतिटोल हुँदै जावलाखेलमा पुर्याएर मछिन्द्रनाथको भोटो देखाएपछि अर्थात भोटोजात्रा देखाएपछि समापन हुन्छ ।

भोटो जात्रा पछि बुंगमतीका बासिन्दाहरुले मछिन्द्रनाथलाई खटमा राखेर बाटोभरि छ्वालि बालेर रातो मन्छिन्द्रनाथमा बुंगमतिमा रहेको देवघरमा लैजाने दु । योसँगै मछिन्द्रनाथकों रथजात्रा समापन हुन्छ ।

योसँगै एउटा रोचक प्रसंग पनि जाएिको छ । मन्द्रिनाथको रथको निर्माण पुल्चोकमा हुने गर्छ र त्यही स्थानबाट जात्रा पनि प्रारम्भ हुन्छ । तर पुल्चोकमा रहेका बासिन्दाहरुले त्यसबेला जात्रा मान्दैन । साथै चेलीबटी र आफन्तलाई पाहुना पनि बोलाउँदैन । जब रातो मछिन्द्नाथको रथ लगनखेलको इतिटोलबाट जावलाखेलमा तानेर ल्याइन्छ त्यही दिन जात्रा मान्ने गर्दछ । अर्थात रथयात्राको अन्तिम दिन जात्रा मान्ने प्रचलन छ ।

किबंदन्ती अनुसार पुलचोकका बासिन्दाहरु किर्तीपुर लगायत पश्चिमतिरका सात गामबाट बसाईसरेर आएको मानिन्छ । तसर्थ पलचोकका बासिन्दाहरुलाई अतः गांमाः अर्थात बाहिरिया मानिस भनेर भनिन्छ ।

त्यस्तै लगनखेलको इतिटोलबाट रातो मछिन्द्रनाथको रथ तान्न किर्तीपुर लगायत वरपरका साग गाउँका मानिसहरु आएर तान्ने गर्दछ  । यस दिन हुने रथयात्रालाई कीतिपुर लगायत सातगाउँको जात्रा पनि भनिन्छ । तर मुख्यतया यसलाई कितीपुरको जात्रा भनेर भनिन्छ ।

पौराणिक किबंदन्ती अनुसार उपत्यकामा १२ वर्षसम्म अनिकालले मानिसहरुलाई आजित पारेपछि तान्त्रिकको सल्लाह अनुसार भक्तपुर  (ख्वप)का तत्कालीन राजा नरेन्द्रदेवले यो जात्राको शुरुवात गरेको थियो भन्ने मान्यता रहेको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top