‘स्ट्रिट फुड’ न्यूजपेपरमा प्याक गर्न प्रतिबन्ध लगाउने सरकारको तयारी

0

 

‘स्ट्रिट फुड’ न्यूजपेपरमा प्याक गर्न प्रतिबन्ध लगाउने सरकारको तयारी

काठामाडौं । नेपाल सरकारले सडक खाद्य वस्तु (स्ट्रिट फुड) प्रिन्टिङ पेपरमा प्याक गर्न प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले स्वास्थ्यका लागि हानीकारक रसायनहरू सो पेपरमा हुने भएकाले स्ट्रिट फुड प्याक गर्ने कार्यमा त्यसलाई प्रयोग गर्न प्रतिबन्ध लगाउने गरी कार्यविधि निर्माणको काम सुरू गरिएको बताएकी हुन् । मंगलबारदेखि काठमाडौंमा सुरू भएको खाद्य स्वच्छतासम्बन्धी प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सस्तो र मिठो हुने भएकाले स्ट्रिट फुडको उपयोग बढ्दै गइरहेको उल्लेख गर्दै त्यसमा स्वच्छता ल्याउन सरकारले प्रिन्टिङ पेपरको प्रयोगमा प्रतिबन्ध लगाउन चाहेको पनि स्पष्ट पारिन् ।

महानिर्देशक वैद्यले स्ट्रिट फुड र तरकारी तथा फलफूल बजारलाई स्वच्छ राख्नका लागि सरकारले जनचेतनामूलक कार्यक्रमलाई पनि स्थानीय तहहरूसँग मिलेर अघि बढाएको बताइन् । उनले भनिन्, ‘केही सस्तो र मीठो खाजाको रूपमा चाहिँ स्ट्रिट फुडहरू एउटा राम्रो अल्टरनेटिभ हो । सबै जनाले फाइन डाइनिङ मात्रै गर्न सक्दैन । त्यसकारणले त्यो स्ट्रिट फुड चाहिँ फुड प्वाइजनिङ हुनुभएन । यसलाई सुधार गर्नु अत्यन्तै जरूरी छ । हामीले केही अगाडि देखिनै विभागबाट यसको एउटा कार्यविधि बनाऊँ  र, कार्यविधिमा अहिले हामीले तुरून्तै गर्न सक्ने एउटा कुरा चाहिँ टडकारो रूपमा देखिएको र खड्केको कुरा चाहिँ जुन न्युज पेपरमा चटपटे, पानीपुरी लगायतको प्याक गरेर खाने जुन चलन छ । त्यसलाई तुरून्तै हटाउनुपर्ने देखिन्छ ।’

उनले अगाडि भनिन्, ‘मालपुवा, सेलरोटीहरू पनि त्यही प्रिन्टेड कागजमा नै पोको पारेर दिने चलन छ र, हामी त्यसरी समोसाहरू पनि खाइराखेका हुन्छौं । फुड प्वाइजन हुने भएकाले हामीले त्यसलाई नियन्त्रण गर्नका लागि तुरून्तै प्रतिबन्ध लगाउनुपर्ने देखिन्छ । यसमा सचेत पनि गराउने र क्रमशः यसलाई हामीले प्रतिबन्ध लगाएर खाद्य ऐनबमोजिम यस्तो हानिकारक चिजलाई हामी प्रतिबन्ध लगाउन सक्छौं । र, त्यो बाटोमा पनि हामी लाग्नुपर्ने देखिन्छ ।’

खाद्य स्वच्छताका लागि स्ट्रिट फुड र तरकारी तथा फलफूल बजार अनुगमनको कामलाई अझै तीव्रता दिन लागिएको पनि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।  


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top