कहिल्यै नागमणि देख्नुभएको छ ? यस्तो छ रोचक तथ्य
एजेन्सी । के तपाईंले वास्तवमा सर्प मणि देख्नुभएको छ ? हालै सामाजिक सञ्जालमा केही तस्बिर भाइरल भइरहेको छ, जसमा नागमणिसँगै सर्प पनि देखाइएको छ । यद्यपी यो नागमणि वास्तविक हो भन्ने पुष्टि भने भएको छैन । तर, भाइरल फोटोको कथा भने रोचक छ ।
पछिल्ला केही दिनदेखि कोटा सहरमा यस्ता तस्बिर भाइरल भइरहेका छन्, जसमा कालो सर्पको छेउमा चम्किरहेको नागमणि देखिएका छन् । नागमणिलाई इच्छाधारी नाग र नागिनले मात्र राखेको बताइन्छ । यद्यपि, वैज्ञानिक दृष्टिकोणबाट विज्ञहरूले त्यस्ता दाबीहरूलाई अस्वीकार गर्छन् । यी तस्बिरलाई लिएर दुई जनाले नागमणिको सर्पसँगको फोटो खिचेर सामाजिक सञ्जालमा भाइरल गरेको दाबी भइरहेको छ ।
भाइरल पोष्टमा यी तस्बिरहरू मध्य प्रदेशको एउटा गाउँको बताइएको छ । यी तस्विरहरूको बारेमा बताइन्छ कि मध्य प्रदेशको एउटा गाउँमा शिव पुराणको कार्यक्रम चलिरहेको थियो, जहाँ राति अबेरसम्म दुईजनाले जंगलमा सर्प निस्केको देखे । यदी यी तस्विरहरुको प्रामाणिकताको कुरा गर्ने हो भने सामाजिक सञ्जालमा यी तस्विरहरुको स्रोत स्पष्ट रुपमा उल्लेख गरिएको छैन ।
मानिसहरु धेरै समय यो फोटो हेरिरहेका थिए र नागमणिसँगको फोटो पनि मोबाइलमा कैद गरेका छन् । अहिले यी तस्बिरहरू कोटामा पनि निकै भाइरल भइरहेका छन् । खैर, वैज्ञानिक दृष्टिकोणले नागमणिको बारेमा फैलिएको कुरा अफवाह मात्र हो । भाइरल भइरहेको तस्बिरलाई लिएर केही प्रयोगकर्ताहरूले सामाजिक सञ्जालमा भनेका छन् कि यी तस्विरहरू पुनः सम्पादन गरि राखिएको आंशका गरिएको छ !
पौराणिक कथा अनुसार जो कोहीसँग नागमणि छ । उसमा अलौकिक शक्ति पनि आउँछ र धनी पनि बन्छ । रत्नको अस्तित्व अलादिनको बत्तीको अस्तित्व जस्तै हो । नागमणि अस्तित्वमा छ वा छैन भन्ने बारेमा विभिन्न मान्यताहरू छन् ।
हामी सबैले किताबमा मणिधारी नागको कथा पढेका छौं । वास्तवमा नागमणिलाई सायदै कसैले देखेको होला । वैज्ञानिकहरू भन्छन् कि यस्तो कुरा सत्य हुन लगभग असम्भव छ । नागमणिसँग सम्बन्धित कुरालाई मिथक मात्र मानिन्छ ।