भक्तपुर अस्पतालको सेवा अब टोल टोलमा

0

भक्तपुर अस्पतालको सेवा अब टोल टोलमा


भक्तपुर । नेपालकै पुरानो र जेठो भक्तपुर अस्पतालले टोलका बस्तीमै पुगेर घुम्ती सेवा दिने भएको छ । घुम्ती स्वास्थ्य परिक्षण सेवा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सुनिल प्रजापतिले अस्पतालले अघि सारेको घुम्ती सेवाले जनताले सहज रुपमा स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्दै स्वास्थ्यकर्मीले जागिरे मानसिकताले नभई सेवालाई प्रमुख प्राथमिकता दिएर काम गर्नुपर्ने प्रष्ट पारे । पछिल्लो समय भक्तपुर अस्पतालको सेवा सन्तोषजनक देखिएको भन्दै प्रमुख प्रजापतिले नगरपालिकाले अस्पताललाई आवश्यक सहयोग गर्न कुनै कन्जुस्याई नगर्ने जानकारी गराएका थिए ।

भक्तपुर अस्पताल बिकास तथा व्यवस्थापन समितिका अध्यक्ष रमण कायस्थले अस्पतालको घुम्ती सेवा भक्तपुर नगरपालिकाका सबै वडाहरुमा पुर्याइने र अस्पतालले जिल्लाका सबै नगरपालिकामा घुम्ती सेवा पुर्याउने लक्ष लिएको उनको भनाइ छ । बागमती प्रदेश सरकारको विशेष प्राथमिकतामा परेपछि भक्तपुर अस्पतालले उत्कृष्ट सेवा प्रदान गरिरहेको बताउदै उनले स्थानीय सरकार र स्थानीय जनप्रतिनिधिहरुको सहयोगमा अस्पताललाई थप बिकास गरी भक्तपुरका सबै जनताको विश्वासिलो र पहिलो रोजाइको अस्पताल बनाउन आफूहरु लागिरहेको जानकारी गराए ।

भक्तपुर अस्पतालकी प्रमुख मेडिकल सुपरिण्टेण्डेण्ट डा सुमित्रा गौतमले जनाए अनुसार अस्पतालले बिशेषज्ञ चिकित्सक सहितको मेडिकल टोली मार्फत टोलटोलमा पुगी स्वास्थ्य सेवा प्रदान गर्नेछ र यो घुम्ती सेवा नियमित हुनेछ । अस्पतालमा दैनिक ८ सय बढी नयाँ बिरामी उपचारका लागि आउने गरेका बताउदै डा गौतमले उनीहरुले पाउने सेवा प्रभावित नहुने गरी घुम्ती सेवा दिने जानकारी दिएकी छन् । घुम्ती सेवाबाट विशेषगरी महिला, बालबालिका, जेष्ठनागारिक र गरिब तथा असहाय मानिसहरु लाभान्वित हुने उनले विश्वास व्यक्त गरेकी छन् ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top