घाँटीमा छुरी घुस्दा पनि सामान्य जीवन बिताइरहे हाँस !

0

घाँटीमा छुरी घुस्दा पनि सामान्य जीवन बिताइरहे हाँस !


एजेन्सी । जब कुनै व्यक्ति अप्ठ्यारो परिस्थितिमा हुन्छ, तब उ डरले गलत कदम उठाउँछ या डराउँछ, कि त उसले परिस्थितिको सामना गर्ने सक्दैन । तर, यस्ता अवसरमा आत्तिनुको सट्टा अझ साहसी भएर काम गर्नुपर्छ भन्ने शिक्षा एउटा फ्रान्सेली हाँस (फ्रान्स डक स्ट्याब्ड) ले जीवन जिउने एउटा ठूलो पाठ मानिसलाइ सिकाएको छ, जसलाई सायद आफु मर्न लागेको थाहा छैन तर पिडाको बीच पनि खुसीको जीवन बिताउँछ । उनलाई देखेर मानिसहरु छक्क पर्छन् । यस्तो दृष्य देखेर मानिसहरु भावुक बन्छन ।

अडिटी सेन्ट्रल न्यूज वेबसाइटको रिपोर्टमा जनाए अनुसार फ्रान्सको ब्रिटनीमा एउटा जंगली हाँस छ, जुन अन्य हाँस जस्तै देखिन्छ तर हाँसको घाँटीमा छुरी अड्किएकोले यसलाई अरूभन्दा फरक देखिन्छन् । छुरी र हाँसको सम्बन्ध के हो भन्ने ! वास्तवमा हाँसको घाँटीमा एउटा छुरी घुसेको देखिन्छ । जसका कारण उनको ज्यान पनि जान सक्छ, साथै असह्य पीडा पनि भोग्नु परेको हुनसक्छ तर त्यसको बाबजुद सो हाँस सामान्य जीवन बिताई रहेका थिए । उनी मस्तले यताउता हिँडिरहेकी छिन्, मानौँ उनलाई केही भएको छैन !

छुरा प्रहार भए पनि उनी सामान्य जीवन बिताइरहेका थिए

त्यहाँका मानिसहरू हाँसलाई ‘डोनाल्ड द डक’ नामले चिन्छन् । उनको घाँटीको देब्रेपट्टि रातो ह्यान्डल भएको छुरी घुसेको छ । यो हाँस अहिले उत्तरपश्चिमी फ्रान्सको सेन्ट नोल्फका मानिसहरुको आकर्षणको केन्द्र बनेको छ । घाँटीमा छुरी घुसे पनि त्यो हाँसले अन्य हाँससँग पानीमा पौडी खेल्छ, खाना खान्छ, हिँड्छ र पूर्ण रूपमा सामान्य जीवन बिताउँछ भन्ने देख्दा मानिसहरू झनै छक्क पर्छन् । तर, जनावरलाई बचाउने संस्थाहरूले उनी छुरीले लामो समयसम्म बाँच्न नसक्ने आकंलन गर्दै संक्रमणले ज्यान जान सक्ने बताउँदै छुरी निकाल्ने योजना बनाउँछ ।

घाँटीबाट छुरी निकालियो

पशु उद्धार संगठन एष्लयअअजष्य भत क्बगखबनभयलक ले हाँसको घाँटीबाट छुरी निकाल्ने योजना बनाएको छ । हाँस पूर्णतया स्वस्थ भएकाले यसलाई पक्रन गाह्रो भइरहेको थियो । पटक–पटक समात्ने प्रयास गरियो तर सफल हुन सकेन । जसका कारण त्यो हाँसका लागि चक्रव्यूह बनाउने योजना बनाउनुपर्यो । मानिसहरूले उनलाई पक्रन धेरै योजना बनाए र मार्च ३१ मा घेरा हालेर पक्रे । उनलाई बेहोस पारेपछि छुरी निकालियो, त्यसपछि उनको शल्यक्रिया गरी केही दिन निगरानीमा राखियो । शल्यक्रिया सफल भयो र एक दिन डोनाल्ड पिंजरा खुला पाएपछि आफैं उडेर गए । मानिसहरूले अनुमान गरे कि कसैले जानाजानी हाँसको घाँटीमा छुरा हानेको हुनुपर्छ, तर हाँस भाग्यशाली थिए कि छुरीले उनको शरीरको नाजुक भागलाई हानि पु¥याएन । अहिले आक्रमणकारीको खोजी भइरहेको छ जनाएको छ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top