उपत्यका भित्रका समस्यालाई एकीकृतरुपमा समाधान गरिने ः फोरम

0

उपत्यका भित्रका समस्यालाई एकीकृतरुपमा समाधान गरिने ः फोरम


काठामाडौ । उपत्यकाको एकीकृत विकासका लागि उपत्यकाका सबै नगरपालिकाले सामूहिक समस्यालाई पहिचान गरि समाधान गर्ने योजना बनाउने भएका छन् । हाल उपत्यका भित्र एकीकृत विकासको अभावमा सबै नगरपालिकामा अन्तरपालिका जोड्ने योजना प्रभावकारी रुपमा सञ्चालन हुन सकेको छैन ।

काठमाडौँ उपत्यका नगरपालिका फोरमका अध्यक्ष एवं ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले उपत्यकाका सबै नगरपालिकाको समस्या र समाधान एउटै प्रकृतिको भएकाले साझा समस्याका बारेमा सामूहिक रुपमा समाधान गर्ने गरी योजना बनाउन लागिएको बताए । उनका अनुसार काठमाडौं उपत्यकामा देखिएका फोहोरमैला व्यवस्थापन, पर्यटकीय पूर्वाधारको विकास, ट्राफिक समस्याको समाधान, खानेपानीको उपलब्धता, सांस्कृतिक सम्पदाको संरक्षण, उत्पादित कृषियोग्य जमिनको संरक्षण गर्ने योजना बनाइनेछ ।

सेवा प्रवाहको प्रकृतिलाई वर्गिकरण गरी सेवालाई क्रमिकरुपमा प्रविधिमैत्री बनाउँदै जाने, विभिन्न स्थानमा एकीकृत तरकारी बजारको व्यवस्थापन गर्ने, उपत्यकाका सबै नगरपालिकामा करको दर र दायरा फरक फरक भएकाले करको दरमा एकरुपता कायम गर्ने लगायतका समस्याको सामूहिक रुपमा समाधान गर्ने योजना रहेको जानकारी दिएका छन् ।

उपत्यका नगरपालिका फोरमका सचिव एवं टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारीले काठमाडौँ उपत्यकाकाको दिगो विकासका लागि सामूहिक रुपमा पहल गर्ने गरी योजना बनाउन लागिएको बताए । उनले उपत्यकामा फोहोर व्यवस्थापन प्रमुख समस्या रहेको बताउँदै सम्पदा संरक्षण पर्यटकीय पूर्वाधार र सामूहिक रुपमा खेलकुदको विकास गर्ने गरी एकीकृत रुपमा रणनीति बनाइने जानकारी दिए ।

उपत्यका नगरपालिका फोरमका उपाध्यक्ष एवं सूर्यविनायक नगरपालिका प्रमुख बासुदेव थापाले सामूहिक काम गर्नका लागि नगरपालिकाको आन्तरिक स्रोतबाट सामूहिक कोष निर्माण गरेर काम गर्न सकिने बताए । उपत्यकाका सबै पालिकाले आआफ्नो भूगोल भित्र पर्ने सार्वजनिक जग्गा संरक्षण गरी सो स्थानमा सामूहिक लगानीमा पार्क निर्माण गर्ने, कृषि योग्य जमिनमा कृषि उत्पादन मात्र गर्ने, सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न अन्तरपालिका सहकार्य र सहयोग आदानप्रदान गर्ने गरी योजना बनाइने बताए । एक वर्षभित्र सबै योजना कार्यान्वयनमा ल्याउने गरी फोरमले जनाइएको छ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top