हामी सरकारमा जाने हैन की, हाम्रा कारण सरकार जानसक्छ ः रवि लामिछाने

0

हामी सरकारमा जाने हैन की, हाम्रा कारण सरकार जानसक्छ ः रवि लामिछाने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारमा नजाने स्पष्ट पारेको छ । उनले प्रधानमन्त्रीले आफूलाई फोन गरेपनि यथास्थितिमा सरकारमा नजाने स्पष्ट पारेको जनाएको छ ।

शुक्रबार प्रतिनिधिसभा सदस्यको शपथ लिँदै उनले आफू चितवनबाट निर्वाचित भएकोमा प्रधानमन्त्रीले बधाई दिन फोन गरेको जानकारी दिए । तर सरकारबारे धेरै कुरा नभएको लामिछानेले बताएका छन ।  । यद्यपि उनले सरकारलाई दिएको समर्थन फिर्ता लिने आफ्नो अभिव्यक्तिमा प्रधानमन्त्रीले चासो रोखेको बताए । 

मंगलबार चितवनमा पत्रकारहरुसँगको कुराकानीमा लामिछानेले सरकारलाई दिएको समर्थन कायमराख्नुको औचित्य नभएको बताएको थियो । यसबारे पत्रकारले सोधेको प्रश्नको जवाफमा उनले यथास्थितिमा सरकारमा नजाने र समर्थनबारे छलफल गरेर निचोडमा पुग्ने बताएका थिए । उनले, ‘यथास्थितिमा सरकारमा जाने भन्ने कुरा हामीले सोचेको कुरा होइन, धेरै कुरा मिल्नुपर्छ ।’ नमिले हामी सरकारमा जाने हैन की, हाम्रा कारण सरकार जानसक्छ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top