के तपाइँ भविष्यवाणीहरूमा विश्वास गर्नुहुन्छ ? पूर्विय दर्शन मान्ने धेरै मानिसमा भविष्य प्रति अगाध विश्वास रहेको हुन्छ, यस्ता मानिसहरु ज्योतिषीहरुकहाँ गएर आफ्नो भविष्यको बारेमा जानकारी लिने गर्छन । विज्ञानको कुरा गर्ने हो भने धेरै वैज्ञानिकहरु टाइम मेसिन बनाउने कार्यमा लागिरहेको टाइम मेसिन बनेमा मानिसले भूत र भविष्यको यात्रा गर्न सक्ने विश्वास गरिन्छ । तर, अहिलेसम्म सफल भने हुन सकेको छैन ।
तर सामाजिक सञ्जालमा तपाईंले केही यस्ता व्यक्तिहरू भेट्नुहुनेछ, जसले आफू भविष्यबाट फर्केको बताउँछन् । यस्तै एक समय यात्री आजकल धेरै चर्चामा छन् । यो व्यक्तिले आफू सन् २८५८ बाट फर्केको दाबी गरेका छन् । साथै, उनले अबदेखि आठ सय वर्षमा हुने सबै कुरा देखेको दावी गरेको छ । यसै आधारमा उनले सामाजिक सञ्जालमा आफ्नो भविष्यवाणीको भिडियो शेयर गरेका छन् । छोटो समयमा धेरै फलोअर्स बनेका छन् । विगतमा यसपटक ति यात्रुले यस वर्ष घटेका केही घटनालाई भिडियोमार्फत सेयर गरेका छन् । उनले सन् २०२३ मा केही विशेष कुराहरु हुने बताए जुन उनले देखिसकेको दावी गरेका छन् ।
उनको पाँच भविष्यवाणी
यो व्यक्तिको प्रोफाइल सामाजिक सञ्जालमा @darknesstimetravelको नाममा बनाइएको छ । उनले केही समयमै आफ्नो पोस्टमार्फत हजारौं फलोअर्स बनाएका छन् । यो व्यक्तिले आफूलाई २८५८ बाट फर्केको बताउँछ । उनले सन् २०२३ को लागि पाँचवटा भविष्यवाणी गरेका छन् । उक्त व्यक्तिले संसारले वर्महोल र पौराणिक जीवहरूको सामना कसरी गर्नेछ भनेर बताए । आफ्नो भविष्यवाणीमा, यो व्यक्तिले २०२३ को लागि कुल पाँच भविष्यवाणीहरू गरेका छन् । यससँगै उनले यी सबै कुरा कहिले हुने मिति पनि बताएका छन् ।
यहाँ ती पाँच मितिहरू यसपैकार छन्
आफ्नो भर्खरको पोस्टमा, व्यक्तिले लेखे कि यदि तपाईलाई अझै पनि म टाइम ट्रावेलर हुँ भन्ने शंका छ भने, यी पाँच मितिहरू टिपोट गरि राख्न भनेका छन् ।
- २ अप्रिल २०२३ः एउटा नयाँ तत्व पत्ता लगाइनेछ जसले अक्सिजनलाई प्रतिस्थापन गर्नेछ र यसले आयु बढाउन सक्छ ।
- १३ मे २०२३ः अचानक चन्द्रमा गुलाबी हुनेछ । र यो देखेर, मान्छे अन्धो हुनेछ ।
- १६ जुन २०२३ः एक प्रसिद्ध सेलिब्रेटीले आफ्नो मृत्युको नाटक बनाउनेछ ।
- २ जुलाई २०२३ः सूर्यबाट निस्कने विशेष ऊर्जाका कारण पृथ्वीका ६ जनाले महाशक्ति पाउनेछन् ।
- २२ सेप्टेम्बर २०२३ः एरिया ५१ ले आफ्नो पहिलो सेन्टौर बनाउनेछ, जसको कारण त्यहाँ एलियनहरूको बारेमा धेरै जानकारीहरू पाइने छन् ।