भक्तपुरको बिस्का यस्ता छन् भ्रम र यथार्थ

0

भक्तपुरको बिस्का यस्ता छन् भ्रम र यथार्थ



काठमाडौं उपत्यका उपत्यका अर्थात नेपाल मन्दलमा मनाइने जात्राहरूभन्दा विल्कुलै पृथक एवं रोमाञ्चक यो जात्रालाई मल्लकालमा आठ दिन नौ रातसम्म मनाइने गर्दछ ।

प्राचीन नेपाली समाज मातृसत्तात्मक समाज थियो । उक्त समाजमा शासकहरू पनि महिला नै थिए । उक्त मातृसत्तात्मक समाजमाथि विजय पाएको स्मरणमा ध्वजा फहराएर यो जात्राको सुभारम्भ गरिएको अभिमत संस्कृतिविद्हरूको रहेको छ । उनीहरूका अनुसार किराँतीहरूमाथि लिच्छविहरूले पाएको विजयको खुसीमा अहिलेको योसिंखेलमा ध्वजा फहराएर हर्षोल्लासका साथ खुसीयाली मनाएका थिए । बिस्का जात्राको वास्तविक नाम विश्वध्वजा जात्रा हो । यही विश्वध्वजा जात्रा उच्चारणमा भिन्नता आउँदाआउँदै अपभ्रंश भएर विश्वजात्रा हुँदै बिस्का जात्रा हुन आएको हो । संस्कृतिकर्मी धौभडेलका अनुसार गौतमी तन्त्रमा समेत विश्वजात्रा भन्ने उल्लेख गरिएको छ । गौतमीतन्त्रमा चैत शुल्क मसान्तमा ध्वजा फहराएर त्यसलाई भोलिपल्ट अर्थात वैशाख संक्रान्तिमा ढाल्दा शत्रुनाश हुने र दुःखकष्ट अन्त्य हुने उल्लेख छ । यही भएर बिस्का जात्रालाई शत्रुहन्ता जात्रा पनि कतै कतै भनिएको पाइने उनले जानकारी दिए। यसप्रकार लिच्छविकालसम्म विश्वध्वजा जात्रामा करिब ५५ हात लामो काठमा विश्वध्वजा फहराएर जात्रा गर्ने चलन थियो । प्राचीन उक्त स्थानमा जंगलैजंगल भएको तथा मानव वस्ती अहिले जस्तो बाक्लो र विस्तार नभएको हुँदा टाढा टाढाका जनताले पनि देख्न सकून् भनी लामो काठमा उक्त ध्वजा फहराइएको भन्ने भनाइ पनि पाइन्छ । लिच्छवि शासनपछि आएका मल्ल राजाहरूमध्ये विश्व मल्लले विश्वध्वजा जात्रामा भैरव र भद्रकालीको जात्रा थपेको वंशावलीमा उल्लेख छ । वंशावलीअनुसार विश्व मल्लले पशुपतिको श्लेषमान्टक जंगलबाट काठ ल्याएर ठूल्ठूला पांग्रासहितको रथ बनाएर भैरव भद्रकालीको रथ जात्रा चलाएका थिए । विश्व मल्लपछि जगज्र्योति मल्लले भैरव भद्रकालीको जात्रा एकदिन लम्ब्याएका थिए । उनले योसिंखेलमा लिंगो ढालिसकेपछि त्यहाँ रहेको भैरवनाथ र भद्रकालीको रथलाई गःहिटीमा ल्याएर रथ जुधाउने (भैरवनाथ र भद्रकालीको समागम गराउने) जात्रा थपेका थिए।
जगज्र्योति मल्लपछि भूपतीन्द्र मल्ले बिस्का जात्रालाई थप विस्तृत बनाए । नेपाल राष्ट्रिय पुस्तकालयमा भएको भाषा वंशावलीअनुसार भूपतीन्द्र मल्लले बिस्का जात्राको प्रमुख आकर्षण लिंगो उठाउने जात्रा हुनुभन्दा चार दिन अगाडि ‘द्य क्वहाँ विज्याइगु’ (देवता तल सवारी हुने) र लिंगो ढाल्ने जात्रा सम्पन्न भएको चार दिनपछि ‘द्य थाहाँ बिज्याइगु’ (देवता माथि सवारी हुने) जात्रा चलाएर आठ दिन नौ रात पुर्याएका थिए । यही जात्रा परम्परा हालसम्म निरन्तर चलिरहेको छ ।
Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top