गोरखा समस्या समाधानका लागि मन्त्रीस्तरीय वार्ता सम्पन्न

0

गोरखा समस्या समाधानका लागि मन्त्रीस्तरीय वार्ता सम्पन्न
( गोरखा समस्या बारे लण्डनमा भएको तीन पक्ष वार्ता पछिको सामूहिक तस्बिर-19 अप्रिल, 2023 )


- शान्ता रानोहोँछा

काठमाडौ - भूतपूर्व ब्रिटिस गोरखा सैनिकका समस्या समाधानका लागि यहीँ अप्रिल  १९ अप्रिल २०२३ का दिन लण्डनमा त्रिपक्षीय वार्ता सम्पन्न भएको छ । इतिहासमै पहिलो पटक २०८ वर्ष पछि गोरखा सैनिकहरु माथि बेलायत सरकारले गरेको विभेद निराकरणार्थ बेलायतको रक्षा मन्त्रालयमा गोरखाहरुको प्रतिनिधि सहितको सहभागितामा न्द्दन् को मन्त्री स्तरीय वार्ता सम्पन्न भएको हो । 

उक्त वार्तामा नेपाल सरकारको तर्फबाट बेलायतका लागि नेपालका राजदूत ज्ञानचन्द्र आचार्यले नेतृत्व गरेका थिए भने, बेलायत सरकारको तर्फबाट मन्त्री मोरिसनले र गोरखाहरुको तर्फबाट गोरखा भूतपूर्व सैनिक संघ९गेसो०का उपसभापति धर्म बहादुर तामाङ, सत्याग्रहको संयोजक कृष्ण बहादुर राई र निगोसियटर पूर्व मेजर जुद बहादुर गुरूडले गरेका थिए ।

ब्रिटिस गोरखाका अनुसार सो वार्ता सकरात्मक ढंगले अघि बढेको बताइएको छ। यसरी लामो संघर्ष पछि  शुरु भएको वार्ताले आउदो दिनमा विषयगत समस्या अन्तर्गत टेकनिकल समितिमा छलफल गर्दै अघि बढ्ने जनाइएको छ । गोरखा समस्या समाधानका लागि वार्ताद्वारा निचोडमा पुग्न क्रमिक रुपले अघि बढ्नका साथै आगामी  सेप्टेम्बर महिनामा मन्त्रिस्तरीय वार्ताबाट  निष्कर्षमा पुग्ने सहमति पनि भएको गेसो सभापति कृष्ण कुमार राईले बताएका छन् ।  

( गोरखा समस्या बारे लण्डनमा भएको तीन पक्ष वार्ता पछिको सामूहिक तस्बिर-19 अप्रिल, 2023 )


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top