खुला र प्याकेटको दूधमा कुन शुद्ध ? यसरी घरमै जाँच गर्न सकिन्छ

0

खुला र प्याकेटको दूधमा कुन शुद्ध यसरी घरमै जाँच गर्न सकिन्छ


काठमाडौं । मानव शरीरमा अतिआवश्यक पोषक तत्व पूर्ति गर्ने दूधको फाइदाका विषयमा हामीमध्ये धेरै जानकार नै छौं । तर दूध वितरण प्रणाली र गुणस्तरको विषयमा भने हामीले सायदै चासो लिएको होला ।

गाईभैसीको दूध बजारसम्म आइपुग्न विभिन्न चरण र विधि हुन्छन् । एउटा त स्थानीय व्यक्तिमार्फत पाइने फार्मको दूध हो । यसलाई बोलीचालीको भाषामा ‘लोकल दूध’ भनेर चिनिन्छ । अर्को बिभिन्न फ्याक्ट्रमा प्लास्टिकको प्याकेटमा प्याक भएर आउने प्रसोधित दूध र तेस्रो डेरी पसलहरुमा पाइने खुल्ला दूध ।

यी दूध स्वास्थ्यका लागि कति फाइदजनक वा हानिकारक छन् । यीमध्ये कुन दूध शुद्ध हुन्छ र शुद्धता कसरी थाहा पाउने ? लगायत विषयमा केन्द्रित रहेर खाद्य अनुसन्धानका बिशेषज्ञको केही सुझावहरु यस प्रकार छन ।

प्याकेटमा पाइने दूधमा सम्पूर्ण पोषकतत्त्व हुन्छ, त्यसैले प्याकेट दूध स्वास्थ्यको दृष्टिकोणले उपयोगी नै हुन्छ । गाईवस्तुको दूध छिटो बिग्रिने भएकाले त्यसलाई छिटो बिग्रिन नदिन प्याकेजिङ गरिएको हो । उपभोक्तासम्म सजिलै पु¥याउन सकियोस् भनेर पनि त्यसलाई प्याकेजिङ गरिएको हो । यस्ता दूधले स्वास्थ्यमा नकारात्मक असर गर्छ भन्ने कुनै तथ्य सार्वजनिक भएको छैन ।

घरनजिकै फार्म छ र त्यहाँ गाईवस्तु पाल्ने तरिकादेखि दूधको शुद्धीकरणको बारेमा राम्ररी थाहा छ भने यो खालको दूध पनि राम्रो नै हुन्छ । दूध बढाउन अतिरिक्त ग्रोथ हर्मन, भिटामिन, यान्टिबायोटिक दिइएको छैन भन्ने थाहा छ भने त्यो फ्रेस दूध पनि उपयोगी हुन्छ ।

डेरीको दूधमा सरकारी मापदण्ड पूरा गरेको छ कि छैन हेर्नुपर्छ । तर हाम्रोमा सरकारी अनुगमन कम हुने भएकाले त्यसको शुद्धतालाई भने उपभोक्ताले नै जाँच गर्नुपर्ने हुन्छ । दूधको परिक्षण २ किसिमबाट गर्न सकिन्छ ।

दूधमा पानी मिसाएको छ वा छैन भनेर हेर्न नेपाली कागजको सहयोगले जाँच गर्न सकिन्छ । नेपाली कागजमा दूध राख्दा छिट्टै भिज्यो भने त्यसमा बढी पानी मिसाएको थाहा हुन्छ । ढिलो भिज्यो भने खाँटी दुध छ भन्ने बुझ्न सकिन्छ ।

त्यस्तै अर्को तरिका दूधलाई उमालेर चिसो हुन छोडिदिनुपर्छ । चिसो हुँदा दूधमा लाग्ने तर पातलो छ भने दूधबाट ‘फ्याट’ (तर) निकालिएको छ वा दूधमा मिसावट छ भनेर बुझ्न सकिन्छ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top