पुख्र्यौली व्यवसाय अंगालेर सफल उद्यमी बन्न सकिन्छ ः विनोद कुमार प्रजापति

0


पुख्र्यौली व्यवसाय अंगालेर सफल उद्यमी बन्न सकिन्छ ः विनोद कुमार प्रजापति

– सरिता तामाङ (प्रशिक्षार्थी पत्रकार)

भक्तपुर । भक्तपुरका विनोद कुमार प्रजापति माटोबाट बन्ने विभिन्न सामग्री बनाएर मासिक चालिस हजार रुपियाँ आम्दानी गर्ने गर्दछ । पुर्खाबाट हस्तान्तरण हुँदै आएको यो पुख्र्यौैली व्यवसायप्रति उनी सन्तुष्ट छन् । सुरुको समयमा दैनिक जीवनमा प्रयोग हुने माटोका भाँडा, फूल रोप्ने गमला, भोजमा प्रयोग हुने सलिचा, बच्चाहरुले पैसा जम्मा गर्न प्रयोग हुने खुत्रुके लगायतका सामग्री मात्र बनाइन्थ्यो । तर विनोदले सोही व्यवसायलाई अद्यावधिक गरेर घरको कोठामा सजाउने मिल्ने खालका आधुनिक र कलात्मक मूर्तिहरु समेत बनाउन थालेका छन् ।

उनी भन्छन, ‘विदेश जानै पर्दैन । इच्छाशक्ति हुँदो हो त स्वदेशमै उद्यमशीलताको विकास गर्न सकिन्छ । पुख्र्यौली व्यवसाय अंगालेर सफल उद्यमी बन्न सकिन्छ । यो व्यवसायलाई नयाँ शैलीमा थाल्ने हो भने पैसा जति नि कमाउन सकिन्छ ।’ 

युवा पुस्तामा अहिले विदेशिने मोह बढ्दो छ । शिक्षित जनशक्ति अमेरिका, अष्ट्रेलिया, बेलायत लगायतको देशमा पलायन भएका छन् भने अन्य युवा शक्ति श्रमिकको रुपमा भारत, दुबाई, कतार, कोरिया लगायतको देशमा गएका छन् । नेपालमै पनि उद्यमशीलताको विकास गर्ने हो भने विदेशिने जनशक्तिलाई नेपालमै रोजगारी दिलाउन सकिन्छ । यसको लागि सम्बन्धित निकायले बेलैमा ध्यान दिनु जरुरी छ ।

निर्वाहमुखी उद्यमी बनेका भक्तपुरस्थित कुमाले टोलका विनोद कुमार प्रजापति प्रतिनिधि पात्र मात्र हुन् । उनी जस्तै पुख्र्यौली व्यवसाय अंगालेका थुप्रै स्थानीयहरुले निर्वाहमुखी व्यवसायलाई व्यावसायिक बनाएका छन् । विश्वभर माहामारीको रुपमा फैलिएको कोभिड– १९ को कारणले व्यवसायमा प्रत्यक्ष प्रभाव परेको भएपनि आजकल माटोको सामग्री बनाउने व्यवसाय दिनानुदिन फस्टाउँदो छ । पुख्र्यौली व्यवसायलाई प्रवद्र्धन गरी पूर्ण व्यावसायिक बनाएर आन्तरिक र बाह्य पर्यटकको लागि समेत आकर्षणको केन्द्र बनाउन सकिने स्थानिय उद्यमीहरुको दाबी छ ।

– (ख्वप कलेजमा स्नातक तह तेस्रो वर्षमा अध्ययनरत आम सञ्चार तथा पत्रकारिताका विद्यार्थी हुन)






Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top