नेपालको खेल क्षेत्र राजनीतिले उभो लाग्न सकेन ः रामबोस

0

भक्तपुर । नेपाल भारोत्तोलन संघका केन्द्रीय अध्यक्ष रामबोस श्रेष्ठले नेपालको खेलकुद क्षेत्र राजनीति गर्ने  थलो बन्दा उभो लाग्न नसकेको बताएका छन् । रफत सञ्चार क्लबमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले खेलाडीका लागिभन्दा पनि राजनीतिकर्मीहरूले आफ्नो स्वार्थको लागि खेलकुद क्षेत्रको प्रयोग गर्नुले खेल क्षेत्र उभो लाग्न नसकेकोे उल्लेख गरे ।  उनले खेलाडीहरू नेपालमा अवसर नपाएपछि विदेश पलायन हुने क्रम जारी रहेको र यसले समग्र खेल क्षेत्रलाई मात्र घाटा नभई देशलाई नै हानी पुगेको बताउँदै उनले लामो समयसम्म लगानी गरेर उत्पादन गरिएका खेलाडी विदेश पलायन हुने क्रम बढे खेलाडी देशका गहना हुन भन्ने मान्यता भनाईमा मात्र सीमित रहने विचार व्यक्त गरे ।  कुनै पनि सांसदको रोजाइमा नपर्ने खेलकुद मन्त्रालय भएकाले लामो समयसम्म सरकार गठन हुँदासमेत खेलकुद मन्त्रालयले मन्त्री पाउन नसेकेको बताउँदै उनले राजनीतिक दल र तीनका नेताहरूको सोचमा खेल क्षेत्रको मार्गचित्र वा धारणा स्पष्ट नभएसम्म देशमा खेल क्षेत्रको विकास नहुने ठोकुवा गरे ।  विगतमा खेल क्षेत्रमा लागेर सहज जीवन जोहो गर्न नसक्ने अवस्था रहेता पनि पछिल्लो समय बिस्तारै खेल क्षेत्रमा लागेर आर्थिक उन्नतीका साथ देशको नाम विश्वमै परिचित गराउन सक्ने वातावरण बन्दै गएकोमा उनले सन्तोष जनाए ।  उनले पहिला, पहिला अभिभावाकहरूले आफ्ना सन्तानलाई खेलकूद क्षेत्रमा भविष्य नभएको बताउने गरेता पनि पछिल्लो सयम सबैको सोचमा आएको परिवर्तनले नेपाली खेल क्षेत्रको भविष्य उज्ज्वल बन्नेमा आफू बिस्वस्त रहेको बताए ।


भक्तपुर । नेपाल भारोत्तोलन संघका केन्द्रीय अध्यक्ष रामबोस श्रेष्ठले नेपालको खेलकुद क्षेत्र राजनीति गर्ने  थलो बन्दा उभो लाग्न नसकेको बताएका छन् । रफत सञ्चार क्लबमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले खेलाडीका लागिभन्दा पनि राजनीतिकर्मीहरूले आफ्नो स्वार्थको लागि खेलकुद क्षेत्रको प्रयोग गर्नुले खेल क्षेत्र उभो लाग्न नसकेकोे उल्लेख गरे ।

उनले खेलाडीहरू नेपालमा अवसर नपाएपछि विदेश पलायन हुने क्रम जारी रहेको र यसले समग्र खेल क्षेत्रलाई मात्र घाटा नभई देशलाई नै हानी पुगेको बताउँदै उनले लामो समयसम्म लगानी गरेर उत्पादन गरिएका खेलाडी विदेश पलायन हुने क्रम बढे खेलाडी देशका गहना हुन भन्ने मान्यता भनाईमा मात्र सीमित रहने विचार व्यक्त गरे ।

कुनै पनि सांसदको रोजाइमा नपर्ने खेलकुद मन्त्रालय भएकाले लामो समयसम्म सरकार गठन हुँदासमेत खेलकुद मन्त्रालयले मन्त्री पाउन नसेकेको बताउँदै उनले राजनीतिक दल र तीनका नेताहरूको सोचमा खेल क्षेत्रको मार्गचित्र वा धारणा स्पष्ट नभएसम्म देशमा खेल क्षेत्रको विकास नहुने ठोकुवा गरे ।

विगतमा खेल क्षेत्रमा लागेर सहज जीवन जोहो गर्न नसक्ने अवस्था रहेता पनि पछिल्लो समय बिस्तारै खेल क्षेत्रमा लागेर आर्थिक उन्नतीका साथ देशको नाम विश्वमै परिचित गराउन सक्ने वातावरण बन्दै गएकोमा उनले सन्तोष जनाए ।

उनले पहिला, पहिला अभिभावाकहरूले आफ्ना सन्तानलाई खेलकूद क्षेत्रमा भविष्य नभएको बताउने गरेता पनि पछिल्लो सयम सबैको सोचमा आएको परिवर्तनले नेपाली खेल क्षेत्रको भविष्य उज्ज्वल बन्नेमा आफू बिस्वस्त रहेको बताए ।

 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top