नेकको छात्रा छात्रावासमा पानी प्रशोधन प्रविधिको जडान

0

नेकको छात्रा छात्रावासमा पानी प्रशोधन प्रविधिको जडान


भक्तपुर । भक्तपुरको एउटा कलेजको छात्रा छात्राबासमा पानी प्रशोधन प्रविधि जडान गरिएको छ । नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँगुनारायण भक्तपुरको छात्रावासमा जमिन मुनिको पानीमा फलामको मात्रा अधिक देखिएपछि उक्त पानी प्रशोधन गरी प्रयोग गर्न पानी प्रशोधन प्रविधि अपनाइएको हो ।
७० जना छात्राहरू बस्ने उक्त छात्रावासमा विगत केही समयदेखि गुणस्तरीय पानीको समस्या देखिएको थियो । दैनिक दस हजार लिटर पानी प्रशोधन गर्न सकिने प्रविधिबाट छात्रावासमा बस्ने विद्यार्थीलाई केही राहत हुने विश्वास गरिएको छ ।
कलेजका विद्यार्थी र स्थानीय बासिन्दालाई समेत पुग्ने पानी निकाल्न कलेज संचालक समिति सदस्य दिनेश खनालले विभिन्न निकायसँग सम्पर्क गरी प्रयास जारी राखेको कलेजका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठले जानकारी गराए ।
नेकको छात्रा छात्रावासमा पानी प्रशोधन प्रविधिको जडान


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top