नेपाली सेनामा रोजगारको अवसर : ४५०० जनाका लागि रोजगार, अनलाइन फारम भर्न यहाँ क्लिक गर्नुहोस् ।

0

https://vacancy.nepalarmy.mil.np/


काठमाडौं । रोजगारीको खोजीमा रहेकाहरुका लागि खुशीको खबर आएको छ । स्थायी राजगारको सुनौलो अवसर आएको हो । नेपाली सेनाले अहिलेसम्मकै ठूलो संख्यामा सरकारी जागिर खुलाएको छ । सेनाले सैन्य पदमा चार हजार पाँच सय जनाका लागि आवेदन खुलाएको हो । जसअनुसार सैनिक परिवारका लागि २२५ जनालाई आरक्षण गरिएको छ भने खुल्लातर्फ दुई हजार ३५१ ज्ना रोजगार पाउने छ ।

सेनाको श्री भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग, जंगी अड्डाको सूचना अनुसार महिला कोटामा ३९०, आदिवासी जनजाति कोटामा ६१७, मधेशी कोटामा ५४०, दलित कोटामा २८७ र पिछडिएको क्षेत्रबाट ९० को संख्यामा आरक्षण छुटाएर नेपाली सेनाले राजगार आवेदन खुलाएको हो ।

सूचना अनुसार आवेदकले अनलाइनमार्फत फारम भर्न सक्ने र त्यसको हार्ड कपी बोकेर सम्बन्धित छनौट स्थलमा बुझाउनु पर्नेछ । जंगी अड्डाका अनुसार योग्यता पुगेका इच्छुक व्यक्तिले २०८० बैशाख ८ गते जेठ ७ गतेसम्म एक महिना भित्र आवेदन दिन सक्ने जनाएको छ । दोब्बर दस्तुर तिरेर भने एक हप्ता अर्थात जेठ १४ गतेसम्म आवेदन बुझाउन सकिने सेनाको जंगी अड्डाले जनाएको छ ।

अनलाइन फारम भर्नका लागि अनिवार्य आवश्यक कागजातहरू

१. नेपाली नागरिकता विवरण

२. व्यक्तिगत विवरणहरू

३. शिक्षा विवरण

४. पारिवारिक विवरणहरू

५. पासपोर्ट साइज फोटोको डिजिटल प्रतिलिपि (अनिवार्य)

अनलाइन आवेदन गर्नु अघि कृपया विज्ञापन ध्यानपूर्वक पढ्नुहोस् । अनलाइन आवेदन दिन सजिलो भएकोले, कृपया सबै आवश्यक विवरणहरू आफै भर्नुहोस् र अन्तिममा आउने फारमको विवरण पढेर मात्र आवेदन सबमिट गर्नुहोस् । साथै, यदि तपाईंले भर्नुभएको विवरणहरू गलत भएमा भने, आवेदन स्वतः रद्द हुनेछ ।

तलको अनलाइन आवेदन सुरु गर्नुहोस् बटनमा क्लिक गरेर, तपाइँ निम्न नियम र सर्तहरूमा सहमत भएको मानिनेछ ।

नेपाली सेनामा आवश्यक पर्ने यो भर्ना प्रक्रिया सम्बन्धी सम्पूर्ण विवरणहरु मैले राम्ररी अध्ययन गरेको छु । मैले यस निवेदनमा भरेका सबै विवरणहरू सही छन् । म झुटो पाइएमा नेपाल सरकारको प्रचलित कानुन बमोजिम सजाय भोग्न तयार छु । साथै, यदि मैले भरेको जानकारी गलत छ र म भर्ना छनोट प्रक्रियामा अगाडि बढ्न सक्षम भएन भने म जिम्मेवार हुनेछु ।

अनलाइन फारम भर्न यहाँ क्लिक गर्नुहोस् ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top