नेपालको काली गण्डकी नदीबाट लगिएको शिलाबाट भगवान रामको मूर्ति नबन्ने

0

नेपालको काली गण्डकी नदीबाट लगिएको शिलाबाट भगवान रामको मूर्ति नबन्ने

 

काठमाडौं । दिल्लीको अयोध्यामा निर्माण भइरहेको भगवान रामको भव्य मन्दिरमा नेपालको काली गण्डकी नदीबाट लगिएको शिलाबाट भगवान रामको मुर्ति नबनाउने भएको छ । मन्दिरको निर्माण करिब ८० प्रतिशत सम्पन्न भइसकेको र मन्दिरको छत बनाउने काम सुरु भएको छ । जनवरी २०२४ को तेस्रो हप्तासम्ममा भगवान रामको मुर्ति  े गर्भगृहमा स्थापना गरि रामका भक्तहरूलाई दिव्य दर्शन दिने तयारीमा रहेको जानकारी दिएको छ । 

विगतमा रामललाको मूर्ति बनाउन नेपालको काली गण्डकी नदीबाट बिशाल शालीग्राम ढुङ्गा अयोध्या पुर्याइएको थियो । आखिर कुन ढुङ्गाले रामललाको मुर्ति बनाउने सम्वन्धमा लामो समयदेखि श्री रामजन्मभूमि तीर्थ क्षेत्र ट्रष्टका पदाधिकारी र देशकै चर्चित नाम राममूर्ति करोनबीच छलफल चलेको थियो । यी सबै अनुमानको अन्त्य गर्दै श्यामशिलाबाट रामललाको मूर्ति बनाइने निर्णय भएको छ ।

नेपालको काली गण्डकी नदीबाट लगिएको शिलाबाट भगवान रामको मूर्ति नबन्ने


अब भारतकै कर्नाटक राज्यको मैसूरबाट ल्याइएको श्यामल कृष्ण शिलाबाट रामललाको मूर्ति बनाइनेछ । स्रोतका अनुसार रामललाको मूर्ति अयोध्याको कार्यशाला रामसेवक पुरममा बनाइनेछ ।

श्री रामजन्मभूमि तीर्थ क्षेत्र ट्रस्ट उडुपीका वरिष्ठ सदस्य पीठाधिश्वर विश्व तीर्थ प्रसन्नाचार्यले भगवान रामलालाको मूर्ति कालो ढुङ्गाबाट बनाइने जानकारी दिए । कर्नाटकको मैसूरबाट कृष्ण श्यामल रंगको ढुङ्गाबाट रामललाको मूर्ति निर्माण गरिने भएको छ । मूर्ति कसरी बनाउने, सबै तस्विर सङ्कलन गरी फाइनल गरिएको छ ।

भगवान रामललाको मुर्ति ५ वर्षको उमेरको बाल अनुहारका साथ मिठो मुस्कान र हातमा धनु र बाण लिएर उभिएको मुद्रामा रहने जानकारी दिँदै ट्रष्टका सदस्यले कर्नाटकको करकर र हिग्रेभानकोट गाउँबाट ल्याइएका ढुङ्गामा मूर्ति बनाउने काम गरिने बताए । यति मात्र होइन, रामलल्लाको मूर्ति बनाउने जिम्मा कर्नाटकको मैसूरका प्रसिद्ध मूर्तिकार अरुण योगिराजलाई दिइएको छ ।

–एजेन्सीको सहयोगमा


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top