जासुसी उपग्रह प्रक्षेपण गर्न किमले दिए अनुमति

0

जासुसी उपग्रह प्रक्षेपण गर्न किमले दिए अनुमति


काठमाडौं । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आफ्नो देशले पहिलो सैन्य जासुसी उपग्रह निर्माणको काम पूरा गरेको बताएका छन् । उत्तर कोरियाको आधिकारिक वेबसाइट केसीएनएले किम जोङ उनले यसलाई प्रक्षेपण गर्ने अनुमति दिएको बताएको छ ।

समाचार एजेन्सी एएफपीका अनुसार किम जोङ उनले आफ्ना सैन्य अधिकारीहरूलाई देशको पहिलो जासुसी उपग्रहको काम अप्रिल महिनासम्ममा पूरा भइसकेको कुरा सुनिश्चित गर्न र यसलाई योजनाअनुसार छोड्न (प्रक्षेपण) गर्न निर्देशन दिएको जनाएको छ ।

उनले अमेरिका र दक्षिण कोरियाबाट बढ्दो खतराका बीचमा यो भूउपग्रहले देशको सुरक्षा क्षमता बढाउने बताएका छन् । कोरियाले ठोस इन्धन अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल निर्माण गरेको दाबी गरेको एक सातापछि देशको पहिलो सैन्य जासूस उपग्रहको निर्माण सम्पन्न भएको खबर आएको हो ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top