भक्तपुर, चैत्र २७ । भक्तपुरको प्रसिद्ध विस्का जात्रा आज सोमबारबाट सुरु हुँंदै छ । भक्तपुर नगरपालिका वडा नं ५ टौमढीस्थित ङातापोल (पाँंचतल्ले) मन्दिर अगाडि राखेर बनाइएको भैरबनाथको रथ सोमबार दिउँंसो तान्ने क्रमसँंगै आठ रात नौ दिन लामो विस्का जात्रा सुरु हुनेछ । प्रत्येक वर्ष नयाँंवर्ष आगमनको चार दिन अगाडिदेखि ङातापोल मन्दिर अगाडि प्यागोडा शैलीमा काठैकाठबाट बनाइएको तीनतल्ले करिव ३० फिट अग्लो भैरबनाथको रथ तान्ने क्रमसँंगै जात्रा प्रारम्भ हुने प्रचलन रहिआएको छ ।
रथलाई दुवैतिर डोरीले तानेर जात्रा सुरु गरिन्छ । एकातिर ६ वटा र अर्काेतिर चार वटा मोटोमोटो डोरीको सहायताले दुबै तर्फबाट हजारौ युवाले रथ तान्ने गर्दछन् । जात्राको पहिलो दिनलाई स्थानीय नेपाल भाषामा द्यो क्वँहा विज्याइज्यू भनिन्छ । जात्राको पहिलो दिन रथलाई नगरको तल्लो टोलतिर लाने परम्परा रहेकोले पहिलो दिनलाई द्य क्वाँ विज्याइगू भनिन्छ । त्यसकारण त्यो दिन त्यो साइडमा ६ वटा र अर्काे साइडमा चार वटा मात्रै डोरी राख्ने गरिन्छ । एकातिर मात्रै डोरी राखेर तान्दा कहीकतै अडकिएर फर्काउनु परयो भने समस्या हुने भएकाले दुवैतिर डोरी राखेर तान्ने गरिन्छ । भक्तपुरको ङातापोल मन्दिर क्षेत्रलाई भक्तपुर नगरको वीच भाग मानिन्छ ।
गुठी संस्थान शाखा कार्यालय सूर्यविनायक भक्तपुरका प्रमुख खीमा ओलीले जात्राका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएकी छिन । जात्रालाई हर्षाेलासका साथ मनाउन दिउँंसोबाटै रथ तान्ने क्रम सुरु गरी साँंझसम्ममा सम्पन्न गर्ने योजना रहेको उनले बताइन् ।
भैरबनाथको रथ तानेर शुरु हुने जात्रा प्रत्येक वर्ष वैशाख ५ गते ङातापोल मन्दिर अगाडि नै रहेको भैरबनाथको रथलाई तानेर सम्पन्न हुने गर्दछ । त्यो बेला पनि रथलाई दुवै साइडमा डोरी राखेर तानिन्छ । यस दिनलाई स्थानीय नेपाल भाषामा द्यो थाँहा विज्याइगू भनिन्छ । यसकारण यस दिन माथिल्लो साइडमा ६ वटा र अर्काे साइडमा चार वटा मात्रै डोरी राखिन्छ ।
भक्तपुरको विस्का जात्राको मुख्य आकर्षण ५५ हात लामो लिंगो उठाउनु, ढाल्नु र रथ तान्नु रहेको छ । साथै मध्यपुर थिमिमा पनि आज बालकुमारीको नितः पुजा गरि बिस्का जात्रा पर्व शुरु भएको संकेतको रुपमा लिइन्छ । त्यस्तै चैत्र मसान्तको राती बालकुमारी माईको चान्हसियाको जात्रासँगै बिस्का जात्रा शुरु हुन्छ । त्यस्तै बैशाख १ गने बाय्लीसिया जात्रा र बैशाख २ गते मुख्य जात्रा सुथसिया जात्राको रुपमा सिन्दुर छर्दै मध्यपुर थिमिमा रहेको सम्पूर्ण खटहरु बालकुमारी मन्दिर परिसरमा भेला भई जात्रा गरिन्छ । सो जात्रा सम्पन्न लगतै मध्यपुर थिमिको बोदे क्षेत्रमा जिव्रो छेड्ने जात्रा शुरु हुन्छ । यो जात्रा पनि प्रख्यात रहेको छ ।
इतिहास एवं संस्कृतिविद् डा पुरुषोतमलोचन श्रेष्ठका अनुसार भक्तपुरको विस्का जात्रा पूर्वमध्यकालतिर तीनसय वर्ष भन्दा बढ्ता समयसम्म राष्ट्रिय पर्वकै रूपमा मनाइन्थ्यो । तत्कालीन भक्तपुर राज्य समग्र नेपालको राजधानीनगरको रूपमा रहेको बेलामा यो राष्ट्रिय पर्वकै रूपमा मनाइने उनले बताए । तर उपत्यकाको राजनैतिक विखण्डनलगायत वि.सं.१८२६ मा मल्लकालीन भक्तपुर राज्यको पतनपछि भक्तपुरले आफनो केन्द्रीय राजनैतिक–प्रशासनिक महत्व गुमाउँंदै गएपछि भने यो एक जिल्लाको स्थानीय जात्राको रूपमा मात्र सीमित रहन पुग्यो । तर अहिले फेरि यो जात्रा हेर्नका देश तथा बिदेशबाट पनि सयौं मानिसहरु आउने गर्दछन् ।