मोवाइल पसलबाट मोवाइल चोर्ने पक्राउ (भिडियोसहित)

0

मोवाइल पसलबाट मोवाइल चोर्ने पक्राउ (भिडियोसहित)

भक्तपुर । भक्तपुरको कमलविनायकस्थित पुष्कर रञ्जितकारको मोवाइल पसलबाट मोवाइल चोरी गर्नेहरु पक्राउ परेका छन् । फागुन २४ गते राति १ बजे पसलबाट २२ थान मोवाइल चोरी भएको थियो । सीसीटीभी फटेजको सहायताले ती चोरहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

पक्राउ पर्नेमा काभ्रे महाभारत घर भई हाल काठमाडौं महानगरपालिका १६ माछाँपोखरी वस्न वर्ष २२ को चञ्चल घलान रहेको प्रहरीले जनाएको छ । उनलाई काठमाडौं महानगरपालिका १६ बालाजुबाट पक्राउ गरेको प्रहरी परिसरका एसपी प्रजित केसीले जानकारी दिए ।

उनीसँंग सात वटा मोवाइल (खानतलास गर्न बाँंकी) रहेको उनले जनाए । उक्त चोरले बुढानिलकण्ठस्थित मोवाइल पसलमासमेत चोरी गरेको भन्ने बुझिन आएको एसपी केसीले जानकारी दिए । पसल धनी भने लमजुङ सुन्दरबजार १ घर भइ हाल काठमाडौं महानगरपालिका १६ बालाजु वस्ने वर्ष ३० को राम अछामी थिए । 



Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top