उपत्यकामै भेटिया पहिलो पटक थ्याम श्वेत भुई रबिन चरा

0

उपत्यकामै भेटिया पहिलो पटक थ्याम श्वेत भुई रबिन चरा

भक्तपुर । काठमाण्डौं उपत्यकामा पहिलो पटक थ्याम श्वेत भुई रबिन ( पाईड ह्वीटर) चरा अभिलेखिकरण भएको छ । मध्यपुर थिमि स्थित मनोहराको किनार मिनी कोशी टप्पुमा उक्त चरा अभिलेखिकरण भएको हो ।

वन्यजन्तु र चराप्रेमी फोटोग्राफर सञ्जय था श्रेष्ठले उपत्यकाकाय मिनी कोशी टप्पुमा बुधवार उक्त थ्याम श्वेत भुई रबिन चरा अभिलेखिकरण गर्न सफल भएका हुन । उनको टोलीमा चराप्रेमीहरू कुर्वान मनसुरी र आयुशा पौडेल समेत सहभागी थिए ।

नेपालको रैथाने नमानिने यस चरा श्रेष्ठले काठमाण्डौं उपत्यकामा पहिलो पटक आफ्नो क्यामरामा कैद गर्न सफल भएको बताए । करिव ६ सय भन्दा बढी विभिन्न प्रजातिका रैथाने र आगन्तुक चरालाई आफ्नो क्यामरामा कैद गर्न सफल भइसकेका श्रेष्ठले थ्याम श्वेत भुई रबिन चरालाई पनि कैद गर्न पाउनु आफ्नो फोटोग्राफी करियरकै अर्को उपलब्धी भएको दावी गरेका छन ।

यो चरा पहिलो पटक सन १९८५ जनवरी ११ मा टिम एन्ड्रयुद्वारा उपल्लो काली गण्डकी उपत्यकामा पहिलो पटक भेटाएको अभिलेख छ । त्यस पश्चात सन् १९९३ मा नाइजेल रेडमेनले लाङटाङ नेशनल पार्कमा दोस्रो पटक भेटाएका थिए भने सन २०१८ मा उदयपुरको कटारीमा अनिश तिम्सीनाले भेटाएको अभिलेख रहेको छ । यो चरा अजरबैजान, चीन, चाड, इजिप्त, इथियोपिया, भारत लगायतका दर्जनौ देशहरूमा पनि पाइने गर्दछ ।

मनोहरा तटिय क्षेत्र पछिल्लो समय चरा अनुसन्धानकर्ता तथा वर्ड फोटोग्राफरहरूका लागि बिशेष आकर्षणको केन्द्रका रूपमा रहंदै आएको छ । सञ्जय था श्रेष्ठ नेतृत्वको टोलीले यसअघि पनि यस क्षेत्रमा थुप्रै लोपोन्मुख रैथाने तथा आगन्तुक चराहरूको अभिलेखिकरण गरिसकेको छन ।

बढ्दो शहरीकरण र प्रदुषणले पछिल्लो समय यस क्षेत्रमा विगतमा पाईने गरिएका चराहरू देखिन छाडेको श्रेष्ठले बताए । गत पुसमा श्रेष्ठ नेतृत्वको टोली मनोहरा क्षेत्रमा चरा गणना गर्दा ८० विभिन्न प्रजातिका चरा अभिलेखिकरण गरिएको थियो ।

बढ्दो मानवीय गतिविधि, अब्यबस्थित शहरीकरण, बालुवा चोरी तस्करी, प्रदुषणका कारण चराको आहार र बासस्थानमा आएको कमि आएकोले सो क्षेत्रमा चराको संख्यामा कमी आएको श्रेष्ठको विष्लेषण छ ।

तस्विर ः सञ्जय था श्रेष्ठ


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top