पृथ्वीबासीको लागि बज्दैछ खतराको घण्टी

0

पृथ्वीतर्फ तीव्र गतिमा आउँदै विशाल क्षुद्रग्रह

पृथ्वीबासीको लागि बज्दैछ खतराको घण्टी

काठमाडौं । यस पटक फेरी एक पटक पृथ्वीबासीको लागि खतराको घण्टी बज्दैछ । यस प्रकारका समाचारहरु कयौं पटक आउँछन्, जसमा विश्व विनाशको सम्भावना व्यक्त गरिन्छ । कयौं पटक यस्ता समाचार आउँछन्, जसमा भनिन्छ, संसारको अन्त्य यस्तो दिनमा हुन्छ । तर, यस्तो हुन सकेको छैन । फेरी पनि यस्तै खबरहरु सार्वजनिक भइरहेका छन् । नासाका अनुसार आजदेखि तीन दिनमा एउटा विशाल क्षुद्रग्रह पृथ्वीमा ठोक्किनेछ । यो क्षुद्रग्रहको आकार दस तले भवनभन्दा ठूलो छ र यो पृथ्वीतर्फ निकै तीव्र गतिमा बढिरहेको छ ।

यो ठूलो क्षुद्रग्रहलाई २०२३ सीएम नाम दिइएको छ । यसको उचाइ करिब १८० मिटर अर्थात् ५९० फिट रहेको बताइएको छ । नासाका अनुसार यो क्षुद्रग्रह लगभग ५० हजार ४ सय ७४ किलोमिटर प्रतिघण्टाको गतिमा पृथ्वीतर्फ बढिरहेको छ । नासाले यो क्षुद्रग्रह पहिलो पटक फेब्रुअरी २ मा देखेको थियो । त्यसयता निरन्तर अनुगमन भइरहेको छ । अहिले यो जुन गतिमा बढिरहेको छ, त्यसले तीन दिनपछि पृथ्वीको सबैभन्दा नजिकबाट जाने अनुमान गरिएको छ ।

के यसले मानिस जोखिममा पर्न सक्छ ?

नासाले यस क्षुद्रग्रहलाई पृथ्वीका लागि खतरनाक भनेको छ । पच्चीस हजारदेखि चालीस हजार किलोमिटर प्रतिघण्टाको गतिमा बढिरहेको छ । पृथ्वीको नजिक आउँदा यसको गति अलिकति परिवर्तन भयो वा पृथ्वीको गुरुत्वाकर्षणका कारण यसको बाटोमा अलिकति अवरोध आयो भने यो पृथ्वीसँग ठोक्किन्छ र यति तीव्र गतिका कारण पृथ्वीमा विनाश हुनेछ । 

नासाले चेतावनी दिएको छ ?

नासाको एस्टेरोइड वाचर्सले यस सम्बन्धमा चेतावनी जारी गरेको छ । त्यसको निरन्तर अनुगमन भइरहेको उसले बताएको छ । तर, पृथ्वीमा ठोक्किने सम्भावना भने निकै कम रहेको पनि नासाले जनाएको छ । तर यसपछि पनि यो क्षुद्रग्रहको निरन्तर निगरानी भइरहेको छ । नासाले अहिलेसम्म यो क्षुद्रग्रहको ट्रयाक गरेको मात्रा अनुसार यो क्षुद्रग्रहले २७१ दिनमा सौर्य परिक्रमा पूरा गर्छ । यद्यपि, अहिलेसम्म नासाले कुनै आधिकारिक चेतावनी भने जारी गरेको छैन तर यसको सम्भावनालाई पनि अस्वीकार गरेको छैन । -एजेन्सीको सहयोगमा


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top