अन्तर्राष्ट्रिय महिला दिवसः मार्च ८ मा मात्रै किन मनाइन्छ महिला दिवस ? यसको इतिहास र यस वर्षको नारा जान्नुहोस्

0

अन्तर्राष्ट्रिय महिला दिवसः मार्च ८ मा मात्रै किन मनाइन्छ महिला दिवस ? यसको इतिहास र यस वर्षको नारा जान्नुहोस्

विषय प्रवेश

हरेक वर्ष झै यस वर्ष पनि मार्च ८ मा अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ । यसपटक विश्वले बुधबार अन्तर्राष्ट्रिय महिला दिवस मनाउने भएको छ । आउनुहोस् जानौं आखिर किन मनाइन्छ नारी दिवस ? यो कसरी सुरु भयो ? यसपटकको नारा के हो ?

किन मनाइन्छ नारी दिवस ?

अन्तर्राष्ट्रिय महिला दिवस महिलाको उपलब्धि र अधिकारको प्रगतिलाई लिएर मनाउने वार्षिक कार्यक्रम हो । यो २० औं शताब्दीमा अमेरिकी समाजवादी र श्रम आन्दोलनसंग शुरु भएको थियो । त्यतिबेला महिलाहरू कामको घण्टा कम गर्न, उचित पारिश्रमिक र मतदानको अधिकारको लागि लडिरहेका थिए । महिला दिवसको पहिलो उत्सव १९११ मा मनाइएको थियो । यस अवधिमा अस्ट्रिया, डेनमार्क, जर्मनी र स्विट्जरल्याण्डमा १० लाखभन्दा बढी मानिसले महिला अधिकारको पक्षमा जुलुस निकालेका थिए । यसले महिलाका लागि समानतादेखि लिएर कार्यस्थलमा महिला विरुद्ध हुने हिंसासम्मका मुद्दाहरूमा पनि ध्यान केन्द्रित गरेको छ । तर, कार्यक्रमको स्वामित्व कुनै समूहको थिएन । संयुक्त राष्ट्र संघले सन् १९७७ मा अन्तर्राष्ट्रिय महिला दिवसलाई मान्यता दिएको थियो । त्यसयता संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूले यो दिनलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाउन थालेका हुन् ।

अन्तर्राष्ट्रिय महिला दिवसको सुरुवात

अन्तर्राष्ट्रिय महिला दिवस हरेक वर्ष मार्च ८ मा मनाइन्छ । सन् १९१७ मा रुसी महिलाहरूले रोटी र शान्तिको माग गर्दै विरोध प्रदर्शन गरे । यही विरोधका कारण तत्कालीन रुसमा जारले सत्ता छोड्नुपरेको थियो । अन्तरिम सरकारले पनि महिलालाई मतदानको अधिकार दिएको थियो । रूसी महिलाहरूले प्रदर्शन सुरु गरेको दिन रूसी पात्रो अनुसार २३ फेब्रुअरी (आइतबार) थियो । यदि यो मिति ग्रेगोरियन क्यालेन्डर अनुसार हेर्ने हो भने त्यो दिन ८ मार्च थियो । त्यसयता यो दिनलाई अन्तर्राष्ट्रिय महिला दिवसको नाम दिइएको हो ।

यस दिनको प्रतिनिधित्व गर्ने तीन रङहरू

अन्तर्राष्ट्रिय महिला दिवसको प्रतिनिधित्व गर्ने तीन रङ सेतो, हरियो र बैजनी हुन् । महिला दिवस अभियानका अनुसार सेतोले शुद्धता, हरियोले आशा र बैजनीले न्याय र मर्यादाको प्रतिनिधित्व गर्छ ।

अन्तर्राष्ट्रिय महिला दिवसः मार्च ८ मा मात्रै किन मनाइन्छ महिला दिवस ? यसको इतिहास र यस वर्षको नारा जान्नुहोस्

यो वर्षको नारा के हो ?

संयुक्त राष्ट्रसंघको यस वर्षको नारा – डिजिट ऑलः इनोवेशन एंड टेक्नोलॉजी फॉर जेंडर इक्वीलिटी । (डिजिट अलः लैङ्गिक समानताका लागि नवप्रवर्तन र प्रविधि) रहेको छ । संयुक्त राष्ट्रसंघका अनुसार पुरुषको तुलनामा २५ करोड ९० लाख कम महिलाको इन्टरनेट पहुँच छ । विज्ञान, गणित, टेक्नोलोजी र इन्जिनियरिङ करियरमा महिलाको प्रतिनिधित्व निकै कम छ । यस्तो अवस्थामा महिलाको आवश्यकता पूरा गर्दै लैङ्गिक समानतालाई प्रवर्द्धन गर्ने उद्देश्यले यो नाराु छनोट गरिएको हो । यसअघि संयुक्त राष्ट्र संघको नारामा जलवायु परिवर्तन, ग्रामीण महिला र एचआईभी÷एड्स समावेश थिए ।

महिला दिवस किन महत्त्वपूर्ण छ

अन्तर्राष्ट्रिय नारी दिवस मनाउनुको मुख्य उदेश्य महिलाहरुलाई समान दर्जा दिनु हो, जसबाट उनीहरु कुनै पनि अधिकारबाट वञ्चित हुन नपरोस् । उनीहरूलाई कुनै पनि क्षेत्रमा भेदभाव गर्नु हुँदैन । यो विशेष अवसरमा महिला अधिकारका लागि जनतालाई सचेत गराउन विभिन्न कार्यक्रम र अभियान पनि आयोजना गरिएको छ । हालैका वर्षहरूमा अन्तर्राष्ट्रिय महिला दिवसलाई महिलाहरूका साथै ट्रान्सजेन्डर, गैर–बाइनरी र लैङ्गिक गैर–अनुरूप व्यक्तिहरूलाई थप समावेशी बनाउने कुरामा जोड दिइएको छ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top