सांसद थापाले नगरका सामुदायिक विद्यालयलाई प्रतिस्पर्धी बनाउदै जिल्लाकै उत्कृष्ट विद्यालयको रुपमा संचालन गर्नुपर्ने र नगरपालिकाले प्राविधिक धारको विद्यालय शिक्षालाई महत्वका साथ् अघि बढाउनुपर्ने आवश्यकता रहेको बताउँदै त्यसका लागि संघीय सरकारले सहयोग गर्ने बताए । कार्यक्रममा बागमती प्रदेश सांसदद्वय डा राजेन्द्रमान श्रेष्ठ र धनेश्वरी प्रजापतिले नगरपालिकालाई प्रदेश सरकारले सक्ने सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं मध्यपुर थिमिका पूर्व मेयर मदनकृष्ण श्रेष्ठले नगरको विगतदेखि वर्तमान सम्मको बिकास प्रक्रियाबारे टिप्पणी गरेका थिए भने नेकपा (एमाले)का जिल्ला अध्यक्ष बचन देउजाले एमालेलाई एक्ल्याएर नगरपालिका अघि बढ्न नसक्ने बताए ।
यसैगरी शैक्षिक सत्र २०७८ को कक्षा ८, १० (एसईई) र १२ को अन्तिम परीक्षाको नतिजाका आधारमा गणेश मावि नगदेश उत्कृष्ट सामुदायिक विद्यालय, त्रि स्टार ईङ्गलिस सेकेण्डरी स्कुल लोहकिल्थली उत्कृष्ट संस्थागत विद्यालय सम्मानबाट सम्मानित भए । यस्तै हलुका सवारी चालक राम सुनुवार मध्यपुर थिमि नगरपालिकाको यसवर्षको उत्कृष्ट कर्मचारी घोषित भएका छन । उनलाई पनि स्थापना दिवसको अवसरमा सम्मान गरिएको छ ।
सोही अवसरमा बोदेको ऐतिहासिक पलेस्वाँ पुखुःलाई सार्वजनिक पोखरी कायम गर्न अतुलनीय भूमिका र योगदानको कदर स्वरुप पलेस्वाँ पुखुः संरक्षण समितिलाई विशेष कदरपत्रले सम्मान गरिएको छ । यसैगरी उमेर हदका कारण अनिवार्य अवकाश प्राप्त दुई कर्मचारी धनकृष्ण श्रेष्ठ र अञ्जली श्रेष्ठलाई पनि ससम्मान बिदाई गरिएको छ ।
यसैगरी अवकाश प्राप्त महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई पनि जनही लाख रुपैंयासहित ससम्मान बिदाई गरिएको छ । अवकाश प्राप्त महिला स्वास्थ्य स्वयम् सेविकाहरुमा वडा नं. १ का राजमाया कवे, पदमा खड्का, लक्ष्मी हेका, वडा नं. २ का विमला खड्का, वडा नं. ३ का ईन्द्रा देवी बस्नेत, सितादेवी बस्नेत, पार्वती अर्याल, वडा नं. ४ कृष्णमाया कायस्थ, रामदेवी श्रेष्ठ, राममाया श्रेष्ठ रहेका छन ।
वडा नं. ५ का चन्द्रमाया श्रेष्ठ, रामशोभा श्रेष्ठ, वडा नं. ६ का रबी श्रेष्ठ, रुकमणी श्रेष्ठ, राममाया मानन्धर, वडा नं. ७ का मोहनमाया बाडे, गंगा मल्ल, तुइलमाया सिन्केमन, वडा नं. ८ का नजरी माया साहुखल, चम्पा जिम्मा, विष्णुमाया साहुखल, अष्टमाया तमी र वडा नं. ९ का शारदा कार्कीलाई जनही नगद १ लाखसहित बिदाई गरिएको छ ।
नगरपालिकाले नगरका ज्येष्ठ नागरिकलाई पनि सम्मान गरेको छ । नगरपालिकाले प्रत्येक वडाबाट एक जना महिला र एक जना पुरुष गरी दुई÷दुई जनालाई नगद राशीसहित सम्मान गरेको हो ।
सम्मानित हुने ज्येष्ठ नागरिकहरुका वडा नं. १ का मनमाया सुवेदी, भिमबहादुर खड्का, वडा नं. २ का यमलाल आचार्य, मनुमाया खत्री, वडा नं. ३ का मुद्धधरा घिमिरे, धनपति सुवेदी, वडा नं. ४ का सजन माया श्रेष्ठ, ज्ञानलाल श्रेष्ठ, वडा नं. ५ का रत्नमान प्रजापति, सानुमाया श्रेष्ठ छन ।
यस्तै वडा नं. ६ का कान्छा कुमार साझ्वा प्रजापति, गणेश माया प्रजापति, वडा नं. ७ का आशानसिं धुमन, तरिमाया शाही, वडा नं. ८ का रत्नमाया श्रेष्ठ, रामकृष्ण थापा श्रेष्ठ र वडा नं. ९ का ईन्द्रकला शर्मा , बासुदेव खड्कालाई सम्मान गरिएको थियो ।
उनीहरुलाई प्रमुख अतिथि सहित नगर प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजय कृष्ण श्रेष्ठ लगायतले सम्मान गरेका थिए । कार्यक्रममा बिभिन्न गीत, नाँच र झाकी प्रस्तुत गरिएको थियो । बिहान अरनिको हाइवे सफाईबाट शुरु भएको वार्षिकोत्सव कार्यक्रम साँझ औपचारिक कार्यक्रम गर्दै सम्पन्न भएको हो ।