एजेन्सी । ज्वानोको झोल पिउँदा कोलेस्ट्रोलको स्तर नियन्त्रणमा रहन्छ । ज्वानो खानु पेटका लागि निकै राम्रो मानिन्छ । ज्वानोको झोल पिउनाले ग्यास्ट्रिक, अपच, पेट दुख्ने र कब्जियतको समस्या हट्छ । ज्वानो आयुर्वेदिक गुणले भरिपूर्ण मानिन्छ । ज्वानो झोलको सेवनले तौल पनि नियन्त्रणमा राख्छ । ज्वानोमा प्रोटिन, बोसो, खनिज, फाइबर र कार्बोहाइड्रेट पनि पाइन्छ । वेब एमडीका अनुसार ज्वानोको सेवनले शरीरलाई धेरै स्वास्थ्य समस्याबाट बचाउन सकिन्छ । आउनुहोस् आज हामी तपाईलाई ज्वानोको झोल पिउनुका फाइदाहरु बारे बताउछौँ ।
१. मोटोपना घटाउने
शरीरमा बोसोकोे कारण मोटोपनाको समस्या हुन्छ । ज्वानोको झोल पिउनाले मोटोपना कम हुन्छ । बिहान खाली पेटमा ज्वानोको झोल पिउनाले तौल नियन्त्रणमा राख्न सजिलो हुन्छ ।
२. ग्यासको समस्याबाट छुटकारा ः
खराब जीवनशैली र जंक फूडको अत्याधिक सेवनका कारण मानिसको पेटमा ग्यासको समस्या हुन्छ । यदि तपाई पनि ग्यासको समस्याबाट हैरान हुनुहुन्छ भने ज्वानोको झोल सेवन गर्न सक्नुहुन्छ । यसले ग्यास र पेट दुखाइ कम गर्न मद्दत गर्छ ।
३. महिनावारीको दुखाईमा राहत ः
ज्वानोको झोलले पनि महिनावारीको दुखाईबाट राहत दिन्छ । महिनावारीको समयमा पेट दुख्ने महिलाका लागि ज्वानोको झोल निकै फाइदाजनक हुन्छ । ज्वानोको झोल पिउनाले महिनावारीको समयमा हुने दुखाई कम हुन्छ ।
४. खोकीबाट राहत ः
ज्वानो खोकी कम गर्नका साथै बलगम सफा गर्न मद्दत गर्दछ । ज्वानोको झोल पिउनाले रुघाखोकीबाट आराम मिल्छ ।
५. कोलेस्ट्रोललाई नियन्त्रणमा राख्छ ः
ज्वानोमा एन्टी–हाइपरलिपिडेमिक तत्व पाइन्छ । ज्वानोको झोल पिउनाले शरीरको कोलेस्ट्रोल, एलडीएल कोलेस्ट्रोल, ट्राइग्लिसराइड्स र कुल लिपिड कम गर्न सकिन्छ । यसले मुटुलाई स्वस्थ राख्न सजिलो बनाउँछ ।