तर यी कुराहरु नौलो भने होइनन् । सामाजिक सञ्जालमा यस प्रकारका खबर समय समयमा भाइरल भर्ए रहेका हुन्छन् । यसबीच हालै एउटा डरलाग्दो तस्विर बाहिर आएको छ, जसलाई देखेर जो कोही डराउँछ । यो खबरले तपाई पनि आफ्नो आँखामाथि विश्वास गर्न सक्नुहुुन्न । यो चकित पार्ने तस्विर अमेरिकाको अलाबामाको युफौला क्षेत्रको हो । त्यहाँ एउटा डरलाग्दो सर्प शौचालय भित्रबाट बाहिर निस्कदैँछ ।
समाचारमा जनाए अनुसार जब एक व्यक्ति शौचालयमा प्रवेश गरे, उनले प्यानभित्र खतरनाक सर्प देखे । त्यसपछि परिवारले तुरुन्तै युफौला अलाबामा प्रहरीसँग मद्दत माग्यो । जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेर परिवारलाई सहयोग गरेको थियो ।
सामाजिक सञ्जाल प्लेटफर्ममा, प्रहरी विभागले आफ्नो आधिकारिक फेसबुक पेजमा शौचालय भित्रबाट सर्प निस्केको तस्विर सहितको पोस्ट साझा गरेको छ । त्यसमा भनिएको छ, ‘हामीलाई थाहा छैन हाम्रो सिफ्टको क्रममा हामीलाई कस्तो प्रकारको कल आउँछ । शौचालयमा सर्प भेटिएको जानकारी पाउँदा हामी छक्क पर्यौं ।’
त्यसपछि उद्धार टोलीले सर्पको उद्धार गरेर परिवारलाई सुरक्षित राख्न सफल भयो । यो पोस्टमा प्रयोगकर्ताले विभिन्न खालका प्रतिक्रिया दिइरहेका छन् । हालसम्म यो पोस्टमा हजारौं लाइक र सयौं कमेन्ट आएका छन् । धेरै प्रयोगकर्ताहरूले आफूहरुले शौचालय प्रयोग गर्नु अघि सधैं बत्ती बाल्ने गरेको उल्लेख गरेका छन् । एक प्रयोगकर्ताले त ‘म राती बत्ती बालेर शौचालय जाँच गर्छु ।’ लेखेका छन् । अर्का एक प्रयोगकर्ताले लेखे, ‘म तिमीलाई वाचा गर्छु कि म आज राती विना बत्ती बाथरुम जानेछैन ।’