स्पेनको एक अदालतले श्रीमानलाई २५ वर्ष सम्म घरको काम गराए बापत पूर्व पत्नीलाई २ करोड ७१ लाख रुपैयाँ तिर्न आदेश

0

स्पेनको एक अदालतले श्रीमानलाई २५ वर्ष सम्म घरको काम गराए बापत पूर्व पत्नीलाई २ करोड ७१ लाख रुपैयाँ तिर्न आदेश

काठमाडौं । यो समाचार अलि फरक छ । हाम्रो समाजर्मा  महिलाको कामलाई मानिसहरु सामान्यतया बेवास्ता गर्ने गर्छन् । मानौ महिलाको काम नै घरको व्यवस्थापन गर्नु हो । महिलाहरु दिनरात श्रीमान् आफ्ना बालबच्चाको स्याहार सुसारमा नै जीवन व्यत्तित गर्दछ, तर पनि तीनको कामलाई कुनै महत्व दिदैनन । तर स्पेनको एक अदालतले यस्तो फैसला दिएको छ जसको निकै प्रशंसा भइरहेको छ । वास्तवमा स्पेनको अदालतले महिलाले गर्ने घरको कामलाई पनि महत्वपूर्ण मानेको थियो । यही कारणले गर्दा श्रीमानले पूर्व श्रीमतीलाई २५ वर्षसम्म घरेलु काम गराए बापत २०४,६२४.८६ युरो अर्थात करिब २.७१ करोड नेपाली रुपैयाँ पारिश्रमिक वापत दिन आदेश दिएको छ । अदालतले न्यूनतम पारिश्रमिकको आधारमा महिलाको काम गणना गरेको छ ।

मामिला के हो ?

वास्तवमा, स्पेनमा २५ वर्ष सँगै बसेपछि एक जोडीको सम्बन्ध विच्छेद भयो । दुवैका दुई छोरी छन् । सम्पत्तिलाई लिएर दुवैबीच विवाद सुरु भयो । श्रीमानले विवाह पछि कमाएको सबै सम्पत्ति आफ्नै भएको तर्क गरे । त्यसैले यसमा श्रीमतीको अधिकार नभएको जिकीर गरे ।

सोही क्रममा पूर्वपत्नीका वकिलले विवाह गरेपछि श्रीमतीले घर र परिवारको हेरचाह गर्नुको अर्थ घरको काममा आफूलाई अनिवार्य रूपमा समर्पित गरेको बताए । यसमा अदालतले कानुनी कागजमा यो पनि देख्यो कि विवाह पछि अर्थात जुन १९९५ देखि डिसेम्बर २०२० सम्म महिलाले कति कमाए ।

काडेना सेर रेडियोसँग कुरा गर्दै महिलाले आफ्नो सम्पूर्ण कथा व्यथा सुनाइन् । श्रीमानले घरबाहिर आफूले कुनै काम गरून् भन्ने नचाहेकी महिलाले बताइन् । यद्यपि उनले उनलाई आफ्नो जिममा काम गर्न दिए, जहाँ उनले रिसेप्शन ह्यान्डल गरे र मनिटरको रूपमा काम गरे । यसबाहेक घरको सबै काम पनि उनी नै सम्हाल्ने गर्थिन् । श्रीमान र छोराछोरीको हेरचाह गरे ।

अदालतको फैसलामा के छ ? 

यस मामिलामा स्पेनको एक अदालतले श्रीमानलाई पूर्व पत्नीलाई घरको काम गराए वापत न्यूनतम पारिश्रमिकको आधारमा २ करोड ७१ लाख रुपैयाँ तिर्न आदेश दिएको छ । यसबाहेक छोरीहरूलाई मासिक रुपमा हेरचाहको लागि भत्ता दिन पनि निर्देशन दिइएको थियो । दुवैका दुई छोरी छन् । एकजना नाबालिग छन् भने अर्को १८ वर्षभन्दा माथिका छन् । – एजेन्सीको सहयोगमा


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top