साथै संसार क्रीयशन्स नेपालद्वारा आयोजित नेपालभाषा गीत संगीत क्षेत्रमा सबै भन्दा लामो तथा ठूलो अवार्डको रुपमा चिनिएको दोस्रो नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड्स–२०७९ गत माघ २९ गते भब्य रुपमा सम्पन्न भएको सो कार्यक्रमको समापन, अवार्ड विजयी प्रमाणपत्र वितरणको साथमा आर. बि. इन्टरटेन्मेन्टले सो अवार्ड प्राप्त गर्न सफल श्रष्ताहरुको सम्मानार्थ बधाई ज्ञापन कार्यक्रमको आयोजना गरिने भएकोछ । चैत्र १७ गते शुक्रवारका दिन दिनको १२ः३० बजे भक्तपुर सूर्यविनायक पाण्डु बजार स्थित यो यो ब्याङ्क्वेट्मा एक समारोहका विच कार्यक्रमको आयोनजा हुने भएको हुंदा सम्पुर्णलाई सम्यमयमा उपस्थितीको लागि अनुरोध गरिएको छ । साथमा उक्त दिन नात्यश्वर फिल्म्स्स्को प्रस्तुतिमा आर. बि. इन्टरटेन्मेन्टको आयोजना तथा आर. बि. फिल्मस् प्रा.लि.को संयोजकोत्वमा साँझ ५ बजे नेपालभाषाको चलचित्र “थम्ह म्हुगू गाः”या विशेश शो हुने जानकारी सहित इच्छुक महानुभावहरुले आफ्नों टिकट आजै सुरक्षित गर्नु होला । सम्पर्कः रविन्द्र शाही मो. न.ः ९८५१० ९९७४१
ज्याःमरु पासाको भूमिकामा कम्ब्याक हु“दै रविन्द्र शाही
3/29/2023 05:21:00 PM
0
काठमाडौ । नेपाली टेलिचलचित्रको बजार आजकाल तातिरहेको छ र यसै क्रममा अनुभवी वरिष्ठ कलाकार तथा निर्देशक प्रभाकर देव शर्माद्वारा निर्देशित हाँस्य टेलिचलचित्र ”आमै.. लाः ” हरेक सोमबार ईमेज च्यानलबाट प्रसारण भैइरहेको एक लोकप्रिय टेलिचलचित्रको रुपमा दर्शक माझ प्रशारण भईरहेकोछ । जसमा दशकौं पछि कलाकार रविन्द्र शाहीको धमाकेदार उहीँ पुरानै भुमिका अर्थात ज्याःमरु पासा र उही भुमिकाबाट दर्शकले चिनिरहेको अनुहार पुनः देख्न पाईने भएको छ । कला यात्राको ३० सौं वर्ष बिताईसकेका कलाकार शाहीले थुप्रै नेपालभाषा तथा नेपाली चलचित्रमा अभिनय संगै निर्देशनसमेत गरिसकेका छन् । थम्हः म्हुगू गाः, भ्रम जस्ता अब्बल चलचित्र निर्देशन गरिसकेका शाही हालसम्म पनि समय अनुकुल यसै क्षेत्रमा रहि आएका छन । प्रल्हाद खरेलको लेखन, ओम अवस्थीको छायांकन तथा सम्पादन रहेको टेलिचलचित्रमा पुण्य अवस्थीको मुख्य सहायक निर्देशन रहेको छ । जसमा अन्य कलाकारहरुमा रेशम भण्डारी, रितिका शर्मा, लक्ष्मण भण्डारी छ्न । हिल्सहोम थियटरको आधिकारिक युट्युब च्यानल मार्फत पनि शिघ्र प्रसारण हुने कुराको जानकारी दिएका छन ।
Share to other apps